काठमाडौं । अस्ति एउटा भिडियो देखेको थिएँ—जहाँ उनले आफूलाई सलामी दिन आएका सुरक्षाकर्मीलाई पहिले आफैले सलाम गर्दै थिए।
त्यो दृश्य सामान्य लाग्न सक्छ, तर त्यसले देखाएको सम्मान असाधारण थियो।
अर्को दृश्य पनि देखियो—आफ्नो सुरक्षासहितको गाडी रोकेर उनी ट्राफिक प्रहरीसँगै उभिएर सवारीसाधनको आवतजावत मिलाउँदै थिए।
कसैलाई यो “स्टन्ट” जस्तो लाग्न सक्छ। तर वास्तवमा यस्ता साना व्यवहारहरूले प्रहरीको मनोबल कति बढाउँछ भन्ने कुरा बुझ्नुपर्छ।
हाम्रा प्रहरीहरू थोरै रासन, सीमित तलब र पर्याप्त सामाजिक सुरक्षाविनै दिनरात देशको सुरक्षामा खटिरहेका हुन्छन्। यस्तो अवस्थामा गृहमन्त्रीले देखाउने सानो सम्मान पनि उनीहरूका लागि ठूलो प्रेरणा बन्न सक्छ।
अस्तिको प्रहरीसँगको साक्षात्कार कार्यक्रममा पनि उनले ठूलो भाषण गरेनन्। बरु प्रहरीका पीडा एउटा आम मानिसजस्तै खुलेर सुनाए—पुराना पोसाक, अपुग रासन, कम तलब र कठिन ड्युटीबारे बोले। सकेजति सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।
आज त्यसको प्रभाव तल्लो तहसम्म देखिन थालेको छ।
सुदन गुरुङले भनेझैँ—
“३६ वर्षदेखि सुरक्षाकर्मीको हातमा लगाइदिएको ह#त्क#डी खोल्ने र प्रहरीलाई स्वतन्त्रता दिने प्रयास गर्दैछु।”
यो प्रयास सफल होस्, प्रहरीको मनोबल अझ बलियो बनोस्, र देशले सुरक्षित भविष्य पाओस्—यही कामना।