०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

गृहमन्त्री सुदन गुरुङले प्रहरीको मनोबल बढाउदै सलुट हान्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, चैत्र २४, २०८२

काठमाडौं । अस्ति एउटा भिडियो देखेको थिएँ—जहाँ उनले आफूलाई सलामी दिन आएका सुरक्षाकर्मीलाई पहिले आफैले सलाम गर्दै थिए।

त्यो दृश्य सामान्य लाग्न सक्छ, तर त्यसले देखाएको सम्मान असाधारण थियो।
अर्को दृश्य पनि देखियो—आफ्नो सुरक्षासहितको गाडी रोकेर उनी ट्राफिक प्रहरीसँगै उभिएर सवारीसाधनको आवतजावत मिलाउँदै थिए।

कसैलाई यो “स्टन्ट” जस्तो लाग्न सक्छ। तर वास्तवमा यस्ता साना व्यवहारहरूले प्रहरीको मनोबल कति बढाउँछ भन्ने कुरा बुझ्नुपर्छ।

हाम्रा प्रहरीहरू थोरै रासन, सीमित तलब र पर्याप्त सामाजिक सुरक्षाविनै दिनरात देशको सुरक्षामा खटिरहेका हुन्छन्। यस्तो अवस्थामा गृहमन्त्रीले देखाउने सानो सम्मान पनि उनीहरूका लागि ठूलो प्रेरणा बन्न सक्छ।

अस्तिको प्रहरीसँगको साक्षात्कार कार्यक्रममा पनि उनले ठूलो भाषण गरेनन्। बरु प्रहरीका पीडा एउटा आम मानिसजस्तै खुलेर सुनाए—पुराना पोसाक, अपुग रासन, कम तलब र कठिन ड्युटीबारे बोले। सकेजति सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।

आज त्यसको प्रभाव तल्लो तहसम्म देखिन थालेको छ।
सुदन गुरुङले भनेझैँ—

“३६ वर्षदेखि सुरक्षाकर्मीको हातमा लगाइदिएको ह#त्क#डी खोल्ने र प्रहरीलाई स्वतन्त्रता दिने प्रयास गर्दैछु।”

यो प्रयास सफल होस्, प्रहरीको मनोबल अझ बलियो बनोस्, र देशले सुरक्षित भविष्य पाओस्—यही कामना।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

बाँके । कोहलपुर *अहिलेको अवस्था कस्तो छ:* 1. *खाली जग्गा + भग्नावशेष*: वर्षौंदेखि मान्छे बसेको ठाउँ अहिले समथर परेको छ। कतै-कतै भत्किएको टहराको काठ, टिन, प्लास्टिकका टुक्रा छरिएका छन्। पहिले भीडभाड भएको ठाउँ अहिले सुनसान लाग्छ। 2. *पुल/सडक फराकिलो*: बस्ती हटेपछि सडक चौडा भएको छ। सरकारी पक्षले भनेको “व्यवस्थित सहर, ट्राफिकको समस्या कम” भन्ने दृश्य […]

दाङ । विश्व रक्तदान दिवसका अवसरमा त्रिभुवन नगर जेसिजले आइतबार घोराहीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रममा ४९ जना बढीले रक्तदान गरेका थिए। त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले रक्तदान जीवनदानसँग जोडिएको कार्य भएका कारण यसलाई सबैले आफ्नो दैनिकी बनाउनुपर्ने बताउनुभयो […]

error: Content is protected !!