१५ कार्तिक २०८३, शनिबार
31-10-2026 , Sat
×

अमिरिकी राष्ट्रपति ट्रम्पको परमाणु बम खसाल्ने धम्की विरूद्ध मानव साङ्लो बनाउँदै, इरानीहरू

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, चैत्र २५, २०८२

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो ।

हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो बन्दै गएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले हर्मुजको नाका खोल्न पटक पटक दबाब दिँदै आएका थिए । पछिल्लो पटक उनले सामाजिक सञ्जाल ’ट्रुथ सोसियल’मा लेख्दै इरानमा एउटा सभ्यता नै समाप्त हुन सक्ने धम्की दिएका छन् ।

धम्कीको चौतर्फी विरोध भइरहँदा इरानमा भने आम मानिसहरू महत्त्वपूर्ण सार्वजनिक संरचनाको वरपर भेला भएर ’मानव साङ्लो’ बनाउन थालेका छन् । इरानी सञ्चार माध्यमहरूका अनुसार पुल, बिद्युत् संरचना लगायत पूर्वाधार वरपर भेला भएका इरानीहरू अमेरिका विरुद्ध नाराबाजी गरिरहेका छन् ।

यसैबिच विभिन्न मुलुकमा रहेका इरानी दूतावासहरूले आफ्नो ट्विटर ह्यान्डल मार्फत ट्रम्पको धम्कीको खिल्ली उडाइरहेका छन् । उनीहरुले ट्रम्पको धम्कीपूर्ण स्ट्याटस शेयर गर्दै ’चाबी दह्रोसँग सम्हाल्न’ आग्रह गरेका छन् । ’हर्मुजको बाटो खोल’ भन्ने ट्रम्पको धम्कीको जवाफमा उनीहरुले ‘चाबी हरायो’ भन्दै ट्रोल गरिरहेका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *दाङ,। घोराही  जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत […]

  धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ। यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला। – पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ – सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस् – नेपाल […]

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]