०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

अमिरिकी राष्ट्रपति ट्रम्पको परमाणु बम खसाल्ने धम्की विरूद्ध मानव साङ्लो बनाउँदै, इरानीहरू

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, चैत्र २५, २०८२

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो ।

हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो बन्दै गएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले हर्मुजको नाका खोल्न पटक पटक दबाब दिँदै आएका थिए । पछिल्लो पटक उनले सामाजिक सञ्जाल ’ट्रुथ सोसियल’मा लेख्दै इरानमा एउटा सभ्यता नै समाप्त हुन सक्ने धम्की दिएका छन् ।

धम्कीको चौतर्फी विरोध भइरहँदा इरानमा भने आम मानिसहरू महत्त्वपूर्ण सार्वजनिक संरचनाको वरपर भेला भएर ’मानव साङ्लो’ बनाउन थालेका छन् । इरानी सञ्चार माध्यमहरूका अनुसार पुल, बिद्युत् संरचना लगायत पूर्वाधार वरपर भेला भएका इरानीहरू अमेरिका विरुद्ध नाराबाजी गरिरहेका छन् ।

यसैबिच विभिन्न मुलुकमा रहेका इरानी दूतावासहरूले आफ्नो ट्विटर ह्यान्डल मार्फत ट्रम्पको धम्कीको खिल्ली उडाइरहेका छन् । उनीहरुले ट्रम्पको धम्कीपूर्ण स्ट्याटस शेयर गर्दै ’चाबी दह्रोसँग सम्हाल्न’ आग्रह गरेका छन् । ’हर्मुजको बाटो खोल’ भन्ने ट्रम्पको धम्कीको जवाफमा उनीहरुले ‘चाबी हरायो’ भन्दै ट्रोल गरिरहेका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

बाँके । मुख्य चुनौती के थिए: नेपालगन्ज नाका तस्करी,चोरी पैठारी, लागूऔषधको मुख्य रुट राजस्व चुहावट भन्सार छलीको सामान धमाधम अपराध दर सीमा क्षेत्र भएकाले आपराधिक गतिविधि बढी एसपी जिसीको काम गर्ने शैली, पत्रकार सम्मेलनबाटै सार्वजनिक प्रतिवद्धता गर्नु भनेको “अब जसरी पनि गर्नुपर्छ” भन्ने दबाब आफैँले लिएको हो। यस्तोमा पछि काम नगरे प्रश्न सोझै उहाँमाथि आउँछ। […]

दाङ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना – २०८३ सम्बन्धी अन्तर–विषयगत क्षेत्र बैठक दाङको राप्ती उपत्यका (देउखुरी) मा मंगलबार अपरान्ह सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा सुपरपरियोजना युनिसेफको समन्वयमा उक्त बैठक सम्पन्न भएको हो । मन्त्रालयका सचिव सुशिला अर्यालको अध्यक्षतामा भएको बैठकमा मनसुनजन्य विपद् तथा सम्भावित जोखिमको […]

error: Content is protected !!