२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

सरकारले वकिललाई परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्ने अधिकारमा रोक लाग्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, चैत्र २५, २०८२

काठमाडौँ । सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसियसनबाट जारी भएको कानून व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्ने अधिकारमा रोक लगाएको छ ।

नेपाल बार एसोसियनका महासचिव केदार प्रसाद कोइरालाले वकिलहरुलाई सिंहदरवार प्रवेशमा रोक लगाइएको भन्दै यसअघि जसरी सहज पहुँचको लागि पहल भइरहेको बताएका छन् ।

सिंहदरवारभित्र प्रशासकीय अदालत समेत रहेकाले कानून व्यवसायीका लागि त्यहाँको प्रवेश अनिवार्य छ । तर नयाँ सरकार आएलगत्तै वकिलहरुमाथि निशाना साँधिएको आरोप नेपाल बारको छ ।

सिंहदरवारमा वकिलहरुलाई परिचयपत्रका आधारमा प्रवेश सहज गराउने श्रेय तत्कालीन सभामुख सुवास नेम्वाङलाई जान्छ । नेम्वाङले तत्कालीन गृहमन्त्री कृष्ण प्रसाद सिटौलालाई बोलाएर नेपाल बारका पदाधिकारीलाई समेत राखेर कानून व्यवसायी परिचयपत्रको आधारमा प्रवेश पाइने व्यवस्था मिलाइएको तत्कालीन नेपाल बारका उपाध्यक्ष टीकाराम भट्टराईले बताए ।

अहिलेको सरकारले कानून व्यवसायीलाई हेपेर दोस्रो दर्जाको नागरिकको व्यवहार गरेको उनले बताएका छन् । नेपाल बारसहित कानून व्यवसायीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको गिरफ्तारी गैरकानूनी भनेर अभिव्यक्ति तथा बहस गरेपछि वकिलहरुलाई सिंहदरवारमा कडाइ गरिएको दावी उनीहरुको छ ।

यसैबीच प्रशासकीय अदालतका रजिष्टार सरोजराज रेग्मीले सूचना जारी गर्दै कानून व्यवसायीको हकमा नागरिक एपको सिंहदरवार गेट पासका आधारमा प्रवेश गर्नुपर्ने जनाएका छन् । मुद्दाका पक्ष र वारेसले भने तारिख पर्चाको आधारमा प्रवेश पाउने व्यवस्था भएको सूचनामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसियसनबाट जारी भएको कानून व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्ने अधिकारमा रोक लगाएको छ । नेपाल बार एसोसियनका महासचिव केदार प्रसाद कोइरालाले वकिलहरुलाई सिंहदरवार प्रवेशमा रोक लगाइएको भन्दै यसअघि जसरी सहज पहुँचको लागि पहल भइरहेको बताएका छन् । सिंहदरवारभित्र प्रशासकीय अदालत समेत रहेकाले कानून व्यवसायीका लागि […]

काठमाडौं । भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न भएको आरोपमा सिआईबीले इन्स्पेक्टर शाहीलाई ललितपुर जिल्ला अदालतबाट मुद्दा दायर गरेको थियो । अदालतले इन्स्पेक्टर शाहीलाई मंगलबार सफाइ दिने आदेश दिएको हो । सिआईबीले ललितपुरको भैंसेपाटी प्रहरी प्रभागमा प्रमुखको जिम्मेवारी सम्हाल्दा एक घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घट्नामा इन्स्पेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाएर केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले मुद्दा दायर […]

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो । हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो […]

error: Content is protected !!