१५ कार्तिक २०८३, शनिबार
31-10-2026 , Sat
×

किन हुन्छ मदिराको पसलमा धेरै भिड,?

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, चैत्र २७, २०८२

काठमाडौं । छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यस्थित नोएडाका मदिरा पसलमा ग्राहकको भिड उर्लिएको छ । मानिसहरू बिहानैदेखि लाइनमा बसेर मदिरा खरिद गर्न थालेका छन् । कतिपयले त कार्टुनका कार्टुन मदिरा खरिद गरेर लगेका छन् ।
नोएडाको सेक्टर–१८ स्थित एक मदिरा पसल बाहिर जम्मा भएका ग्राहकको भिडमा छायाङ्कन गरिएको भिडियोमा कोही लाइन लागेर पालो कुरिरहेका, कोही मदिरा किनेर बाहिरिएको दृश्यसमेत देख्न सकिन्छ ।

भारतमा निश्चित व्यवसायीले मात्र मदिरा बिक्री गर्न पाउँछन् । सरकारबाट अनुमति लिएर निश्चित क्षेत्रमा मदिराको कारोबार हुने गर्दछ । प्रत्येक वर्ष यस्ता पसलका लागि आवेदन दिएर स्वीकृति लिनुपर्ने व्यवस्था सरकारले गरेको छ ।

चालु वर्षका लागि दिइएको अनुमतिपत्रको अन्तिम दिन ३१ मार्च हो । १ अप्रिलदेखि फेरि एक वर्षका लागि नयाँ अनुमतिपत्र लिनुपर्ने हुन्छ । ३१ मार्चपछि त्यस्ता पसलमा रहेका मदिरा सरकारले जफत गर्दछ । त्यसैले व्यवसायीहरूले आफ्नो स्टकमा रहेका सबै मदिरा बिक्री गर्नका लागि विभिन्न अफर सार्वजनिक गरेका छन् ।

कतिपय पसलमा एक बोतल मदिरा खरिद गर्दा अर्को बोतल सित्तैमा दिने अफरसमेत छ । त्यसैले यतिबेला नोएडाका मदिरा पसलमा भिड लागेको दृश्यसहितका भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *दाङ,। घोराही  जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत […]

  धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ। यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला। – पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ – सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस् – नेपाल […]

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]