२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
×

किन हुन्छ मदिराको पसलमा धेरै भिड,?

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, चैत्र २७, २०८२

काठमाडौं । छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यस्थित नोएडाका मदिरा पसलमा ग्राहकको भिड उर्लिएको छ । मानिसहरू बिहानैदेखि लाइनमा बसेर मदिरा खरिद गर्न थालेका छन् । कतिपयले त कार्टुनका कार्टुन मदिरा खरिद गरेर लगेका छन् ।
नोएडाको सेक्टर–१८ स्थित एक मदिरा पसल बाहिर जम्मा भएका ग्राहकको भिडमा छायाङ्कन गरिएको भिडियोमा कोही लाइन लागेर पालो कुरिरहेका, कोही मदिरा किनेर बाहिरिएको दृश्यसमेत देख्न सकिन्छ ।

भारतमा निश्चित व्यवसायीले मात्र मदिरा बिक्री गर्न पाउँछन् । सरकारबाट अनुमति लिएर निश्चित क्षेत्रमा मदिराको कारोबार हुने गर्दछ । प्रत्येक वर्ष यस्ता पसलका लागि आवेदन दिएर स्वीकृति लिनुपर्ने व्यवस्था सरकारले गरेको छ ।

चालु वर्षका लागि दिइएको अनुमतिपत्रको अन्तिम दिन ३१ मार्च हो । १ अप्रिलदेखि फेरि एक वर्षका लागि नयाँ अनुमतिपत्र लिनुपर्ने हुन्छ । ३१ मार्चपछि त्यस्ता पसलमा रहेका मदिरा सरकारले जफत गर्दछ । त्यसैले व्यवसायीहरूले आफ्नो स्टकमा रहेका सबै मदिरा बिक्री गर्नका लागि विभिन्न अफर सार्वजनिक गरेका छन् ।

कतिपय पसलमा एक बोतल मदिरा खरिद गर्दा अर्को बोतल सित्तैमा दिने अफरसमेत छ । त्यसैले यतिबेला नोएडाका मदिरा पसलमा भिड लागेको दृश्यसहितका भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज भारतसँग जोडिएको प्रमुख नाका जमुनाहा भएकाले यहाँ लामो समयदेखि अनौपचारिक रूपमा भारतीय रुपैयाँ (भारु) र नेपाली रुपैयाँको सटही हुँदै आएको छ। *कहाँ-कहाँ हुन्छ:* जमुनाह नाका, न्यूरोड, त्रिभुवन चोक, बसपार्क, सदरलाइन र सीमा आसपासका पसल, होटल, सुनचाँदी पसल र कतिपय किराना पसलमै पनि खुलेआम बोर्ड नराखी सटही गर्ने गरेको पाइन्छ। १०० भारु […]

दाङ । यतिबेला घोराही दाङको सन्दर्भमा सबिन प्रियासन निकै नै चर्चामा छन्। सम्भवत उनी नपुगेको ठाउँ, उनी नपुगेको कार्यक्रम हुँदैन होला ? उनको सृजनशील कामहरू सामाजिक सञ्जाल अनि संचार माध्यमहरुमा घण्टै पिच्छे आइरहन्छ। एक प्रकारले लाग्छ सामाजिक सञ्जाल अनि संचार माध्यमहरू उनकै कामको बारेमा पोस्ट गर्नका लागि बनेका हुन्। घोराही उपमहानगरपालिकाको आगामी स्थानीय तह निर्वाचनलाई […]

नेपालका धेरै सहरहरूले आफ्नो विकासको आधार उद्योग, व्यापार वा प्रशासनिक केन्द्रलाई बनाएका छन्। तर घोराहीसँग एउटा यस्तो सम्पदा छ, जसले धार्मिक आस्था, सांस्कृतिक इतिहास, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई एकै ठाउँमा जोड्न सक्छ। त्यो हो घोराही धार्मिक–पर्यापर्यटकीय सर्किट। घोराही क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक गन्तव्यहरूलाई एउटै पर्यटन मार्गमा जोडेर विकास गर्न सकियो भने […]

error: Content is protected !!