१५ कार्तिक २०८३, शनिबार
31-10-2026 , Sat
×

एमाले दाङद्वारा वडाध्यक्ष मुनाल घिमिरेमाथि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित,

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, चैत्र २७, २०८२

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ।

घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए।

चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ क्षेत्र-२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शंकर पोखरेलविरूद्ध गतिविधि सञ्चालन गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको बस्यालले जानकारी दिए।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा एमाले महासचिव पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यसंग भारी मतान्तरले पारजित भएका थिए।

घिमिरे २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए। तर, पछिल्लो समय उनले रास्वपाको पक्षमा गतिविधि गर्दै आएका छन्। सामाजिक सञ्जालमार्फत उनले एमाले परित्याग गरेको घोषणा पनि गरेका थिए।

त्यो चुनावमा घोराहीमा मेयर–उपमेयरसहित अधिकांश वडाध्यक्ष एमालेले जितेको थियो। वडाध्यक्ष घिमिरे अभिनेता तथा चलचित्र निर्माता हुन्। एमाले नेतृ शान्ता चौधरीको पहलमा गत निर्वाचनमा उनलाई एमालेले वडाध्यक्षको टिकट दिएको थियो।

एमाले दाङका प्रचार विभाग प्रमुख बस्यालका अनुसार वडाध्यक्ष घिमिरेलाई उक्त पदबाट हटाउन मेयर नरुलाल चौधरीलाई सिफारिस गरिएको छ।

यसअघि पार्टी अनुसाशन विपरित कार्य गरेको भन्दै एमालेले घोराही– ८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पनि पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *दाङ,। घोराही  जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत […]

  धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ। यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला। – पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ – सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस् – नेपाल […]

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]