१५ कार्तिक २०८३, शनिबार
31-10-2026 , Sat
×

श्रम स्वीकृतिका लागि व्यक्ति स्वयंले अनलाइन आवेदन दिनुपर्ने र बिचौलियाको भूमिका स्वीकार्य नहुने,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, चैत्र २७, २०८२

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो।

हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट श्रम स्वीकृति दिने व्यवस्था छ । जसअनुसार संस्थागत श्रम स्वीकृतिको काम इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरूले गर्छन् भने व्यक्तिगत श्रम स्वीकृतिका लागि व्यक्ति स्वयंले वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (एफईआईएमएस) मार्फत अनलाइन आवेदन दिनुपर्ने कानुनी व्यवस्था छ। तर, पछिल्लो समय व्यक्तिगत प्रक्रियामा पनि म्यानपावर र एजेन्टहरूले हस्तक्षेप गरी सर्वसाधारणलाई ठगी गर्ने गरेको पाइएको विभागको ठहर छ।

विभागले व्यक्तिगत श्रम स्वीकृति लिने व्यक्तिले आफ्नै खाताबाट अनलाइन आवेदन दिनुपर्ने र यसमा कुनै पनि संस्था वा प्रतिनिधिको संलग्नता आवश्यक नपर्ने प्रष्ट पारेको छ। यदि कसैले व्यक्तिगत श्रम स्वीकृतिको काममा संस्थागत संलग्नता देखाएमा वा बिचौलियाको भूमिका खेलेमा वैदेशिक रोजगार ऐन तथा नियमावली अनुसार कडा कारबाही गरिने विभागका शाखा अधिकृतले जानकारी दिएका छन्।

विभागले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका सबै नागरिकलाई आफ्नै पहलमा अनलाइन आवेदन दिन र कुनै पनि अनाधिकृत व्यक्ति वा संस्थाको प्रलोभनमा नपर्न आग्रह गरेको छ। साथै, इजाजतपत्र प्राप्त संस्थाहरूलाई पनि आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा हात नहाल्न सचेत गराएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *दाङ,। घोराही  जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत […]

  धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ। यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला। – पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ – सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस् – नेपाल […]

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]