१६ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
×

श्रम स्वीकृतिका लागि व्यक्ति स्वयंले अनलाइन आवेदन दिनुपर्ने र बिचौलियाको भूमिका स्वीकार्य नहुने,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, चैत्र २७, २०८२

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो।

हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट श्रम स्वीकृति दिने व्यवस्था छ । जसअनुसार संस्थागत श्रम स्वीकृतिको काम इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरूले गर्छन् भने व्यक्तिगत श्रम स्वीकृतिका लागि व्यक्ति स्वयंले वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (एफईआईएमएस) मार्फत अनलाइन आवेदन दिनुपर्ने कानुनी व्यवस्था छ। तर, पछिल्लो समय व्यक्तिगत प्रक्रियामा पनि म्यानपावर र एजेन्टहरूले हस्तक्षेप गरी सर्वसाधारणलाई ठगी गर्ने गरेको पाइएको विभागको ठहर छ।

विभागले व्यक्तिगत श्रम स्वीकृति लिने व्यक्तिले आफ्नै खाताबाट अनलाइन आवेदन दिनुपर्ने र यसमा कुनै पनि संस्था वा प्रतिनिधिको संलग्नता आवश्यक नपर्ने प्रष्ट पारेको छ। यदि कसैले व्यक्तिगत श्रम स्वीकृतिको काममा संस्थागत संलग्नता देखाएमा वा बिचौलियाको भूमिका खेलेमा वैदेशिक रोजगार ऐन तथा नियमावली अनुसार कडा कारबाही गरिने विभागका शाखा अधिकृतले जानकारी दिएका छन्।

विभागले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका सबै नागरिकलाई आफ्नै पहलमा अनलाइन आवेदन दिन र कुनै पनि अनाधिकृत व्यक्ति वा संस्थाको प्रलोभनमा नपर्न आग्रह गरेको छ। साथै, इजाजतपत्र प्राप्त संस्थाहरूलाई पनि आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा हात नहाल्न सचेत गराएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!