१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

सशस्त्र प्रहरी बल ३० गण बाँकेमा एसपी चन्द आएदेखि सिमानाकामा कडाई ठुलो मात्रामा सागाच्याउ पक्राउ,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र २८, २०८२

बाँके । सशस्त्र प्रहरी बल,नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेबाट खटिएको सशस्त्र प्रहरीको विशेष टोलीले डुडुवा गाउँपालिका–१ पाँजाचौफेरी क्षेत्रबाट भे २ त २३५ नम्बरको ट्याक्टरमा लोड गरी ल्याइँदै गरेको ६२० केजी सागा च्याउ बरामद गरेको हो।
उक्त सागा च्याउ २० कार्टुनमा राखिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।बरामद गरिएको सागा च्याउ ‘फुड सप्लिमेन्ट’ रहेको जनाइएको छ। यसको अनुमानित मूल्य २१ लाख रुपैयाँ रहेको छ भने प्रयोग गरिएको ट्याक्टरको मूल्य ९ लाख रुपैयाँ आकलन गरिएको छ। दुवैको कुल मूल्य ३० लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।बरामद गरिएको सागा च्याउ र ट्याक्टर आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ। सशस्त्र प्रहरी बल ३० गण बाँकेमा एसपी भिमबहादुर चन्द आएदेखि सिमानाकामा निकै कडाई धेरै भन्दा धेरै तस्करीको दिनहुँ जसो सीमावर्ती क्षेत्रमा हुने अवैध सामान ओसारपसार नियन्त्रणका लागि सुरक्षा निगरानी थप कडा बनाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण है.क्वाटर बागेश्वरी बाँकेले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!