१४ कार्तिक २०८३, शुक्रबार
30-10-2026 , Fri
×

विपद पूर्व तयारी तथा प्रतिकार्य याेजनाका लागि सम्पूर्ण कार्यदल भयो एकजूट,

Logo
बिदुर एमसी प्रकाशित आइतबार, चैत्र २९, २०८२

दाङ । देउखुरी विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना कार्यदलले विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण प्रकृयामा जुटेकाे छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत गठित कार्यदल यस्तो तयारीमा जुटेको हो ।

सोही कार्यदलका संयाेजक तथा मन्त्रालयका विपद सम्पर्क व्यक्ति भुपबहादुर मल्लकाे अध्यक्षतामा शुक्रबार राप्ती उपत्यका देउखुरीमा बसेकाे पहिलाे बैठकले तत्काल विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण प्रकृया अगाडी बढाउने निर्णय गरेकाे छ ।

स्थानीय तहबाट जाेखिम तथा स्राेत नक्साङ्कनकाे काम कार्यलाई बैशाख मसान्तसम्ममा सूचना लिने बैठकद्वारा निर्णय गरिएको छ । साथै जेष्ठ महिनको दाेस्राे हप्ताभित्र विपद पूर्वतयारी तथा प्रतिकार्य याेजनाकाे मस्याैदा तयार गर्ने निर्णय समेत गरेकाे छ । त्यसका लागि पहिलाे चरणमा लुम्बिनी प्रदेशभरिका सबै स्थानीयतहबाट बिपद सम्बन्धि तथ्यांक संकलनका गरी पत्रचार गर्ने निर्णय पनि भएको छ ।

त्यसैअनुरूप बैठकले कार्ययाेजनाकाे मस्याैदा निर्माण गर्नुका साथै सबै पालिकाबाट आवश्यक तथ्यांक संकलनका लागि सम्पूर्ण सदस्यहरूले आवश्यक सहजीकरण गर्नुपर्ने निर्णय समेत गरेकाे छ ।

कार्यदल बैठकको अवसरमा बाेल्ने बक्ताहरूले एकीकृत विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण गर्न आवश्यक रहेकाे बताएका थिए । उनीहरूले छुट्टाछुट्टै कार्ययाेजनाले कार्य सम्पादनमा जटिलता सिर्जना गरेकाे समेत औंल्याएका थिए । वरिष्ठ परियाेजना युनिसेफ प्रदेश संयाेजक डम्मर बाेहराले सो बैठकको सहजीकरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत केराबारीमा सडक दुर्घटना भएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। यस सडक खण्डमा पछिल्ला दिनहरूमा लगातार दुर्घटना बढिरहेका छन्। यात्रुहरूलाई सतर्क भएर यात्रा गर्न र ट्राफिक नियम पालना गर्न अनुरोध गरिएको छ।

कपिलवस्तु । वाणगंगा नगरपालिका–९, भर्लावासस्थित कुतकुते सामुदायिक वनबाट प्रहरीले चार थान भरुवा बन्दुक बरामद गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले वनको लहरे उकाली भन्ने स्थानमा खोजतलास गर्दा उक्त बन्दुक फेला पारेको हो। काठको गोलियाको धोन्द्रोभित्र स्याउलापातले छोपेर लुकाइराखिएको अवस्थामा चारवटै एकनाले भरुवा बन्दुक फेला […]

  , दाङ। महिला जेसिजले ‘बुँदादेवी गोराथोकी उत्कृष्ट महिला पुरस्कार वितरण–२०२६’ कार्यक्रमका लागि पत्रकार सम्मेलन गरी विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका महिलाहरूलाई आवेदन दिन आह्वान गरेको छ। दाङ महिला जेसिजकी अध्यक्ष अर्चना शर्माको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष […]