१४ कार्तिक २०८३, शुक्रबार
30-10-2026 , Fri
×

विद्यालय कर्मचारी परिषद्को सातौँ राष्ट्रिय महाधिवेशन दाङमा हुँदै, ५५ जिल्लाका प्रतिनिधि सहभागी हुने, कार्तिक १४ र १५ गते घोराहीमा हुने महाधिवेशनको तयारी पूरा, भव्य रूपमा सम्पन्न गर्ने आयोजकको प्रतिबद्धता

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, कार्तिक १४, २०८३

 

घोराही, १३ कात्तिक। नेपाल विद्यालय कर्मचारी परिषद्को सातौँ राष्ट्रिय महाधिवेशन यही २०८३ साल कार्तिक १४ र १५ गते दाङमा आयोजना हुने भएको छ। महाधिवेशनको तयारीका सन्दर्भमा शुक्रबार घोराहीमा पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमबारे जानकारी गराइएको छ।

महाधिवेशनमा देशभरका ५५ जिल्लाबाट प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ। विद्यालय कर्मचारीहरूको हकहित, अधिकार, पेसागत सुरक्षा, सेवा सुविधा तथा शैक्षिक क्षेत्रमा उनीहरूको योगदानका विषयमा छलफल गर्दै आगामी कार्यदिशा तय गर्ने महाधिवेशनको उद्देश्य रहेको छ।

पत्रकार सम्मेलन नेपाल विद्यालय कर्मचारी परिषद्का केन्द्रीय अध्यक्ष गंगाराम तिवारीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको सहजीकरण परिषद्का महासचिव शान्तिनाथ योगीले गर्नुभएको थियो।

पत्रकार सम्मेलनमा प्रमुख अतिथि सबिन प्रियासनले विद्यालय सञ्चालन र शैक्षिक वातावरण निर्माणमा विद्यालय कर्मचारीहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “विद्यालयको समग्र व्यवस्थापन र शैक्षिक वातावरणलाई प्रभावकारी बनाउन शिक्षकसँगै विद्यालय कर्मचारीहरूको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। तर, विद्यालय कर्मचारीहरूले आफ्नो योगदानअनुसारको सेवा सुविधा, सम्मान र पेसागत सुरक्षा पाउन नसकेको विषयलाई गम्भीरतापूर्वक लिन आवश्यक छ।”

उहाँले विद्यालय कर्मचारीका समस्याहरूलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने धारणा राख्दै महाधिवेशनले कर्मचारीहरूको साझा आवाजलाई सशक्त रूपमा उठाउन र अधिकार प्राप्तिको आन्दोलनलाई थप व्यवस्थित बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।

महाधिवेशन तयारी समितिका संयोजक मिनेश श्रेष्ठले राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “महाधिवेशनमा सहभागी हुन विभिन्न जिल्लाबाट प्रतिनिधिहरू आउने क्रम पूरा भइसकेको छ। देशका ५५ जिल्लाबाट प्रतिनिधिहरूको सहभागिता रहने भएकाले यसलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी गरेका छौँ।”

उहाँले महाधिवेशनलाई सफल बनाउन सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको बताउँदै विद्यालय कर्मचारी, शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तित्व, सरोकारवाला निकाय तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थितिका लागि अनुरोध गर्नुभयो।

परिषद्का केन्द्रीय अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारीहरूको साझा समस्या, अधिकार र भविष्यका विषयमा राष्ट्रियस्तरमा गम्भीर छलफल गर्ने महाधिवेशन महत्त्वपूर्ण अवसर हुने बताउनुभयो।

दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनले विद्यालय कर्मचारीहरूको पेसागत हकहित संरक्षण, सेवा सुविधा, स्थायित्व र संगठनको भावी नेतृत्व तथा कार्ययोजनाका विषयमा महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

देशभरका विद्यालय कर्मचारीहरूको साझा आवाजलाई दाङबाट बुलन्द गर्ने उद्देश्यसहित आयोजना हुन लागेको राष्ट्रिय महाधिवेशनलाई सफल बनाउन आयोजकले सबैमा सहभागिताका लागि आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । वाणगंगा नगरपालिका–९, भर्लावासस्थित कुतकुते सामुदायिक वनबाट प्रहरीले चार थान भरुवा बन्दुक बरामद गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले वनको लहरे उकाली भन्ने स्थानमा खोजतलास गर्दा उक्त बन्दुक फेला पारेको हो। काठको गोलियाको धोन्द्रोभित्र स्याउलापातले छोपेर लुकाइराखिएको अवस्थामा चारवटै एकनाले भरुवा बन्दुक फेला […]

  , दाङ। महिला जेसिजले ‘बुँदादेवी गोराथोकी उत्कृष्ट महिला पुरस्कार वितरण–२०२६’ कार्यक्रमका लागि पत्रकार सम्मेलन गरी विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका महिलाहरूलाई आवेदन दिन आह्वान गरेको छ। दाङ महिला जेसिजकी अध्यक्ष अर्चना शर्माको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष […]

  घोराही, १३ कात्तिक। नेपाल विद्यालय कर्मचारी परिषद्को सातौँ राष्ट्रिय महाधिवेशन यही २०८३ साल कार्तिक १४ र १५ गते दाङमा आयोजना हुने भएको छ। महाधिवेशनको तयारीका सन्दर्भमा शुक्रबार घोराहीमा पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमबारे जानकारी गराइएको छ। महाधिवेशनमा देशभरका ५५ जिल्लाबाट प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ। विद्यालय कर्मचारीहरूको हकहित, अधिकार, पेसागत सुरक्षा, सेवा सुविधा […]