१४ कार्तिक २०८३, शुक्रबार
30-10-2026 , Fri
×

भारतीय संगीतकी बहुमुखी गायिकामध्ये एक आशा भोसलेको ९२ वर्षको उमेरमा निधन,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, चैत्र २९, २०८२

एजेन्सी । मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो उनको निधन भएको हो। उनका छोरा आनन्द भोसलेले यस दुखद खबरको पुष्टि गरेका छन्। ‍भोसलेको अन्तिम संस्कार भोलि (सोमबार) गरिनेछ।

मुटु र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो। हिन्दुस्तान टाइम्सका अनुसार केही महिनादेखि उनको स्वास्थ्य अवस्था राम्रो थिएन। शनिबार राति अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटर सहितको आइसियुमा राखिएको थियो।

सन् १९३३ मा सांगली (महाराष्ट्र) को प्रख्यात मङ्गेशकर परिवारमा जन्मिएकी आशाले ९ वर्षको उमेरबाट व्यावसायिक गायन सुरु गरेकी थिइन्। उनले सन् १९४३ मा आफ्नो पहिलो चलचित्र गीत रेकर्ड गराएकी थिइन्।

आफ्नी दिदी स्वर्गीय लता मंगेशकरसँगै उनले दशकौंसम्म भारतीय पार्श्व गायनमा एकछत्र राज गरिन्। ५० को दशकसम्म बलिउडमा आफ्नो बलियो स्थान बनाइसकेकी आशाले झण्डै आठ दशक लामो करियरमा हजारौं गीत गाएकी छन्। उनले ठूलो संख्यामा नेपाली गीत पनि गाएकी छन्।

सुरुवाती दिनमा ‘क्याबरेट’ र डान्सिङ नम्बरका लागि मात्र चिनिने आशाले पछि आफ्नो गायनको दायरा फराकिलो बनाइन्। उनले ‘उमराव जान’ जस्ता चलचित्रमा गाएका गजलहरू आज पनि कालजयी मानिन्छन्।

उनले सात पटक ‘फिल्मफेयर उत्कृष्ट महिला पार्श्व गायिका’ अवार्ड जितेकी थिइन्। ‘दिल चिज क्या है’ (उमराव जान) र ‘मेरा कुछ सामान’ (इजाजत) का लागि उनले दुई पटक राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी थिइन्।

आशाको व्यक्तिगत जीवन निकै संघर्षपूर्ण रह्यो। १६ वर्षको उमेरमा परिवारको इच्छाविपरीत उनले ३१ वर्षीय गणपतराव भोसलेसँग विवाह गरेकी थिइन्। तर, घरपरिवारबाट दुर्व्यवहार भएपछि सन् १९६० मा तीन सन्तानसहित उनी अलग भइन्।

पछि सन् १९८० मा उनले प्रसिद्ध संगीतकार आर.डी. बर्मन (पन्चम दा) सँग विवाह गरिन्। बर्मनको सन् १९९४ मा निधन भएको थियो। पछिल्लो समय उनी आफ्नी नातिनी जनाई भोसलेसँग बस्दै आएकी थिइन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत केराबारीमा सडक दुर्घटना भएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। यस सडक खण्डमा पछिल्ला दिनहरूमा लगातार दुर्घटना बढिरहेका छन्। यात्रुहरूलाई सतर्क भएर यात्रा गर्न र ट्राफिक नियम पालना गर्न अनुरोध गरिएको छ।

कपिलवस्तु । वाणगंगा नगरपालिका–९, भर्लावासस्थित कुतकुते सामुदायिक वनबाट प्रहरीले चार थान भरुवा बन्दुक बरामद गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले वनको लहरे उकाली भन्ने स्थानमा खोजतलास गर्दा उक्त बन्दुक फेला पारेको हो। काठको गोलियाको धोन्द्रोभित्र स्याउलापातले छोपेर लुकाइराखिएको अवस्थामा चारवटै एकनाले भरुवा बन्दुक फेला […]

  , दाङ। महिला जेसिजले ‘बुँदादेवी गोराथोकी उत्कृष्ट महिला पुरस्कार वितरण–२०२६’ कार्यक्रमका लागि पत्रकार सम्मेलन गरी विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका महिलाहरूलाई आवेदन दिन आह्वान गरेको छ। दाङ महिला जेसिजकी अध्यक्ष अर्चना शर्माको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष […]