२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

भारतीय संगीतकी बहुमुखी गायिकामध्ये एक आशा भोसलेको ९२ वर्षको उमेरमा निधन,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, चैत्र २९, २०८२

एजेन्सी । मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो उनको निधन भएको हो। उनका छोरा आनन्द भोसलेले यस दुखद खबरको पुष्टि गरेका छन्। ‍भोसलेको अन्तिम संस्कार भोलि (सोमबार) गरिनेछ।

मुटु र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो। हिन्दुस्तान टाइम्सका अनुसार केही महिनादेखि उनको स्वास्थ्य अवस्था राम्रो थिएन। शनिबार राति अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटर सहितको आइसियुमा राखिएको थियो।

सन् १९३३ मा सांगली (महाराष्ट्र) को प्रख्यात मङ्गेशकर परिवारमा जन्मिएकी आशाले ९ वर्षको उमेरबाट व्यावसायिक गायन सुरु गरेकी थिइन्। उनले सन् १९४३ मा आफ्नो पहिलो चलचित्र गीत रेकर्ड गराएकी थिइन्।

आफ्नी दिदी स्वर्गीय लता मंगेशकरसँगै उनले दशकौंसम्म भारतीय पार्श्व गायनमा एकछत्र राज गरिन्। ५० को दशकसम्म बलिउडमा आफ्नो बलियो स्थान बनाइसकेकी आशाले झण्डै आठ दशक लामो करियरमा हजारौं गीत गाएकी छन्। उनले ठूलो संख्यामा नेपाली गीत पनि गाएकी छन्।

सुरुवाती दिनमा ‘क्याबरेट’ र डान्सिङ नम्बरका लागि मात्र चिनिने आशाले पछि आफ्नो गायनको दायरा फराकिलो बनाइन्। उनले ‘उमराव जान’ जस्ता चलचित्रमा गाएका गजलहरू आज पनि कालजयी मानिन्छन्।

उनले सात पटक ‘फिल्मफेयर उत्कृष्ट महिला पार्श्व गायिका’ अवार्ड जितेकी थिइन्। ‘दिल चिज क्या है’ (उमराव जान) र ‘मेरा कुछ सामान’ (इजाजत) का लागि उनले दुई पटक राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी थिइन्।

आशाको व्यक्तिगत जीवन निकै संघर्षपूर्ण रह्यो। १६ वर्षको उमेरमा परिवारको इच्छाविपरीत उनले ३१ वर्षीय गणपतराव भोसलेसँग विवाह गरेकी थिइन्। तर, घरपरिवारबाट दुर्व्यवहार भएपछि सन् १९६० मा तीन सन्तानसहित उनी अलग भइन्।

पछि सन् १९८० मा उनले प्रसिद्ध संगीतकार आर.डी. बर्मन (पन्चम दा) सँग विवाह गरिन्। बर्मनको सन् १९९४ मा निधन भएको थियो। पछिल्लो समय उनी आफ्नी नातिनी जनाई भोसलेसँग बस्दै आएकी थिइन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]