१५ कार्तिक २०८३, शनिबार
31-10-2026 , Sat
×

बाँके चौलिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकजाँच प्रभाव दैनिक लाखौंको समान पक्राउ,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख ०३, २०८३

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने सशस्त्र प्रहरी र नेपाल प्रहरीको कामका दायरा किटान गरिएको उनले बताए । ‘नेपाल प्रहरीले लागु औषध तथा साना हातहतियार सम्बन्धि चेकजाँच गर्नेछ । सशस्त्र प्रहरीले अवैध रुपमा भित्रिएका सामानको चेकजाँच गर्ने गरि जिम्मेवारी दिइएको छ,’ उनले भने । आइसीपीबाट आउने सवारी साधन तथा मालबाहक गाडीबाट लागु औषध र साना हातहतियार भित्रिने खतरा बढेपछि इलाका प्रहरी कार्यालय जयसपुरलाई चौलिका चोकमा चेकजाँच गर्न परिचालन गरिएको एसपी जिसीले बताए । ‘सशस्त्र प्रहरीलाई अवैध सामान चेकजाँच गर्ने अधिकार छ । लागु औषध तथा साना हातहतियार चेकजाँच गर्ने अधिकार नेपाल प्रहरीलाई भएकोले सीमा प्रहरी चौकीलाई परिचालन गर्न परेको ईलाका प्रहरी कार्यालय जयसपुर सिमा प्रहरीका प्रमुख इन्चार्ज वरिष्ठ सइ बिष्णु गिरीले बताए ।

लागु औषध र साना हातहतियार नियन्त्रणका लागि नेपाल प्रहरीलाई परिचान गरेको छ । लागु औषध नियन्त्रण गर्न र आइसीपी भएर साना हातहतियार रोक्न प्रहरीलाई चौलिका चोकमा परिचालन गरिएको भने ।यसअघि पनि चौलिका चोकमा इलाका प्रहरी कार्यालय जयसपुरले छड्के चेकजाँच गर्दै आएको थियो । उक्त समयमा आइसीपीबाट सवारी साधन तथा मालबाहक गाडी आउन सुरु भएको थिएन । ‘आइसीपीबाट आउने सवारी साधन र मालबाहक गाडी चेकजाँच नहुने हुँदा लागु औषध तथा साना हातहतियार भित्रिने सम्भावना बढेपछि नेपाल प्रहरीलाई परिचलान गर्ने निस्कर्षमा पुग्यौँ,’ एसपी जिसीले भने ।

चौलिका चोक क्षेत्रमा चेकजाँच कार्यलाई थप व्यवस्थित बनाउन इलाका प्रहरी कार्यालय जयसपुरबाट प्रहरी टोली परिचालन गरिएको छ ।

नेपाल प्रहरीले साना तथा मालबाहक गाडीलाई एक–एक गरि चेकजाँच रहेको एसपी जिसीले बताए । ‘लागु औषध तथा साना हातहतियारमा निगरानी गर्न निर्देशन दिइएको छ ।

नेपाल प्रहरीले अवैध सामान नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई सघाउने र लागु औषध तथा साना हातहतियार नियन्त्रणमा सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई सघाउने भएको छ । ‘दुवै प्रहरी संगठनले एक अर्कालाई सघाउने सहमति भएको छ,’ एसपी जिसीका अनुसार ‘संयुक्त चेकजाँचले अवैध सामान र लागु औषध तथा साना हातहतियार भित्रिने क्रमलाई तत्काल रोक्ने आशा गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिनहुँ अबैध तरिकाले भन्सार छली गरेर ल्याएको लाखौंको समानहरु बरामद गर्दै भन्सार बुझाएको छन् ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *दाङ,। घोराही  जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत […]

  धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ। यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला। – पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ – सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस् – नेपाल […]

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]