०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

बाँके चौलिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकजाँच प्रभाव दैनिक लाखौंको समान पक्राउ,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख ०३, २०८३

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने सशस्त्र प्रहरी र नेपाल प्रहरीको कामका दायरा किटान गरिएको उनले बताए । ‘नेपाल प्रहरीले लागु औषध तथा साना हातहतियार सम्बन्धि चेकजाँच गर्नेछ । सशस्त्र प्रहरीले अवैध रुपमा भित्रिएका सामानको चेकजाँच गर्ने गरि जिम्मेवारी दिइएको छ,’ उनले भने । आइसीपीबाट आउने सवारी साधन तथा मालबाहक गाडीबाट लागु औषध र साना हातहतियार भित्रिने खतरा बढेपछि इलाका प्रहरी कार्यालय जयसपुरलाई चौलिका चोकमा चेकजाँच गर्न परिचालन गरिएको एसपी जिसीले बताए । ‘सशस्त्र प्रहरीलाई अवैध सामान चेकजाँच गर्ने अधिकार छ । लागु औषध तथा साना हातहतियार चेकजाँच गर्ने अधिकार नेपाल प्रहरीलाई भएकोले सीमा प्रहरी चौकीलाई परिचालन गर्न परेको ईलाका प्रहरी कार्यालय जयसपुर सिमा प्रहरीका प्रमुख इन्चार्ज वरिष्ठ सइ बिष्णु गिरीले बताए ।

लागु औषध र साना हातहतियार नियन्त्रणका लागि नेपाल प्रहरीलाई परिचान गरेको छ । लागु औषध नियन्त्रण गर्न र आइसीपी भएर साना हातहतियार रोक्न प्रहरीलाई चौलिका चोकमा परिचालन गरिएको भने ।यसअघि पनि चौलिका चोकमा इलाका प्रहरी कार्यालय जयसपुरले छड्के चेकजाँच गर्दै आएको थियो । उक्त समयमा आइसीपीबाट सवारी साधन तथा मालबाहक गाडी आउन सुरु भएको थिएन । ‘आइसीपीबाट आउने सवारी साधन र मालबाहक गाडी चेकजाँच नहुने हुँदा लागु औषध तथा साना हातहतियार भित्रिने सम्भावना बढेपछि नेपाल प्रहरीलाई परिचलान गर्ने निस्कर्षमा पुग्यौँ,’ एसपी जिसीले भने ।

चौलिका चोक क्षेत्रमा चेकजाँच कार्यलाई थप व्यवस्थित बनाउन इलाका प्रहरी कार्यालय जयसपुरबाट प्रहरी टोली परिचालन गरिएको छ ।

नेपाल प्रहरीले साना तथा मालबाहक गाडीलाई एक–एक गरि चेकजाँच रहेको एसपी जिसीले बताए । ‘लागु औषध तथा साना हातहतियारमा निगरानी गर्न निर्देशन दिइएको छ ।

नेपाल प्रहरीले अवैध सामान नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई सघाउने र लागु औषध तथा साना हातहतियार नियन्त्रणमा सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई सघाउने भएको छ । ‘दुवै प्रहरी संगठनले एक अर्कालाई सघाउने सहमति भएको छ,’ एसपी जिसीका अनुसार ‘संयुक्त चेकजाँचले अवैध सामान र लागु औषध तथा साना हातहतियार भित्रिने क्रमलाई तत्काल रोक्ने आशा गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिनहुँ अबैध तरिकाले भन्सार छली गरेर ल्याएको लाखौंको समानहरु बरामद गर्दै भन्सार बुझाएको छन् ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

error: Content is protected !!