१५ कार्तिक २०८३, शनिबार
31-10-2026 , Sat
×

दाङ जिल्ला ट्राफिकद्वारा दुर्घटना न्यूनिकरण सचेतनामूलक विभिन्न गाडीहरुमा स्टिकर टाँस,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, बैशाख ०४, २०८३

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङको आयोजना र त्रिभुवननगर जेसिज घोराही दाङ र द लोटस ट्रेनिङ सेन्टर दाङको समन्वय / सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल ,जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठ त्रिभुवननगर जेसिज घोराही दाङका कार्यक्रम संयोजक जेसी हरि भट्टराई तथा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर वमको उपस्थितिमा ऐ. ०८.०० बजेको समयमा त्रिभुवननगर जेसिज घोराही दाङको सभाहलमा यातायात व्यावसायीहरु,

सरोकारवाला व्यक्तिहरु र चालक तथा सहचालकहरुलाई सवारी दुर्घटना न्यूनिकरण सम्वन्धि सचेतनामूलक अभिमुखिकरण कार्यक्रम गर्नुका साथै ऐ.ऐ. १५ तुलसीपुर चोकमा सार्वजनिक तथा निजी सवारी साधनहरुमा सवारी दुर्घटना न्यूनिकरण सम्वन्धि विभिन्न सचेतनामूलक स्लोगन उल्लेख गरिएका २०० थान स्टिकर टाँस गरिएको र २५० थान पर्चा वितरण गरी ऐ. १०.०० बजेको समयमा कार्यक्रम समाप्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *दाङ,। घोराही  जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत […]

  धादिङ । गजुरी काट्ने बित्तिकै अगाडि चालिसे भन्ने ठाउँमा पहिरो खसेर सडक जाम भएको जानकारी प्राप्त भएको छ। यस रुट भएर यात्रा गर्ने यात्रुहरूले केही समय वैकल्पिक बाटो प्रयोग गर्नुहोला वा यात्रा स्थगित गर्नुहोला। – पहिरो क्षेत्रमा अति सावधानी अपनाउनुहोस्, एक्कासी थप पहिरो खस्न सक्छ – सवारी साधन पहिरोको छेउमा पार्क नगर्नुहोस् – नेपाल […]

  डोल्पा । जिल्ला कारागारबाट ८ जना कैदीबन्दी १५ फिट लामो सुरुङ खनेर फरार भएका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले रातको समयमा कारागारको भित्तामुनिबाट सुरुङ खनेर भागेका हुन्। बिहान गणना गर्दा कैदीबन्दी नदेखिएपछि घटनाबारे जानकारी भएको थियो। फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू रहेको बताइएको छ। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पा र सशस्त्र […]