१७ भाद्र २०८३, बुधबार
02-09-2026 , Wed
×

दाङ, पोखरा र काठमाडौँ बीच घोराहीमा फुटबल प्रतियोगिता आगामी प्रतियोगिता पोखरामा हुने,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, बैशाख ०६, २०८३

दाङ । लुम्बिनी फुटबल एकेडेमीले आयोजना गरेको लुम्बिनी, डोल्पो, यौङ स्टार मैत्रिपूर्ण फुटबल खेल घोराहीमा भव्य रुपमा सम्पन्न भएको छ। पोखरा स्थित योङ स्टार, काठमाडौं स्थित डोल्पो क्लब, घोराही स्थित लुम्बिनी फुटबल एकेडेमी बीच १३ वर्ष र १६ वर्ष मुनिका खेलाडीहरू बीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा विजयीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउ अभियानका संयोजक सविन प्रियासन, लुम्बिनी फुटबल एकेडेमीका सञ्चालक समिर ओली लगायतकाले पुरस्कार एवं प्रमाणपत्र, ट्रफी, मेडल वितरण गर्नुभएको थियो । प्रतियोगितामा १६ वर्ष मुनिको खेलमा young star क्लब पोखरा र १३ वर्षमुनिको प्रतियोगितामा लुम्बिनी फुटबल एकेडेमीले विजय प्राप्त गरेको थियो। प्रत्येक ६ महिनामा यस प्रकारको प्रतियोगिता आयोजना गरिने र आगामी खेल पोखरामा हुने योङस्टार क्लबले जनाएको छ । प्रतियोगिताका लागि काठमाडौँ र पोखराबाट ७७ जना खेलाडी एवं प्रशिक्षकहरू घोराही आएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

फुटबल विश्वको सबैभन्दा लोकप्रिय खेल हो। विश्वका अरबौँ मानिसहरू प्रत्येक चार वर्षमा आयोजना हुने फुटबल विश्वकपको प्रतीक्षामा बस्ने गर्छन्। सन् २०२६ को विश्वकप नजिकिँदै जाँदा नेपालमा पनि फुटबलप्रेमीहरूको उत्साह बढ्दै गएको छ। विभिन्न स्थानमा विश्वकप हेर्नका लागि ठूला पर्दा, विशेष कार्यक्रम र प्रचारप्रसारका तयारी भइरहेका छन्। तर एउटा गम्भीर प्रश्न भने अझै पनि अनुत्तरित छ—हामी […]

दाङ । लुम्बिनी फुटबल एकेडेमीले आयोजना गरेको लुम्बिनी, डोल्पो, यौङ स्टार मैत्रिपूर्ण फुटबल खेल घोराहीमा भव्य रुपमा सम्पन्न भएको छ। पोखरा स्थित योङ स्टार, काठमाडौं स्थित डोल्पो क्लब, घोराही स्थित लुम्बिनी फुटबल एकेडेमी बीच १३ वर्ष र १६ वर्ष मुनिका खेलाडीहरू बीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा विजयीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]