सशस्त्र प्रहरी डिआईजी दिपक अधिकारीद्वारा तालिम सम्पन्न प्रशिक्षाथीलाई बधाई तथा शुभकामना
बाँके । सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक श्री दीपक अधिकारीज्यूको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा प्रशिक्षार्थीहरूद्वारा मार्च पास, इज्जत अर्पण कवाज प्रदर्शन तथा तालिमसँग सम्बन्धित विभिन्न प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो।
साथै, तालिम अवधिभर विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो।