३० आश्विन २०८३, शुक्रबार
16-10-2026 , Fri
×

बाँके जिल्लाका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीलाई ‘पूर्ण शान्ति पुरस्कारद्वारा सम्मान,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन ३०, २०८३

काठमाडौं । ७१औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसी ‘पूर्ण शान्ति पुरस्कार’ बाट सम्मानित हुनुभएको छ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित अमर प्रहरी परिवारप्रति श्रद्धाञ्जली कार्यक्रमपछि उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो। गृहमन्त्री सुधन गुरुङले सो पुरस्कार वितरण गर्नुभएको हो।

विभिन्न जटिल घटनाको अनुसन्धान, अपराध नियन्त्रण, भन्सार सुरक्षाका क्रममा उदाहरणीय राजस्व संकलन र समग्र शान्ति सुरक्षा सुदृढीकरणमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै एसपी जिसीलाई यस वर्षको पूर्ण शान्ति पुरस्कार प्रदान गरिएको हो।

यस वर्षको प्रतिष्ठित ‘पुलिस ब्याटन’ भने लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीलाई प्रदान गरिएको छ।

एसपी जिसी यसअघि लुम्बिनी प्रदेशस्तरीय उत्कृष्ट अनुसन्धान पुरस्कार र बेस्ट इन्भेस्टिगेसन शोकेसबाट समेत सम्मानित भइसक्नुभएको छ। बाँकेको कमान्ड सम्हालेपछि उहाँले लागूऔषध नियन्त्रण, संगठित अपराध र जटिल मुद्दाहरूको अनुसन्धानमा उल्लेखनीय सफलता हासिल गर्नुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । ७१औं प्रहरी दिवस २०८३ को अवसरमा गृहमन्त्री प्रहरी प्रधान कार्यालय नक्साल पुग्नुभएको छ। प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा गृहमन्त्रीको प्रमुख आतिथ्यता रहेको थियो। यस वर्ष ‘विपद्मा सारथि, संकटमा छहारी : प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ ७१औं प्रहरी दिवस मनाइँदै छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै […]

काठमाडौं । ७१औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसी ‘पूर्ण शान्ति पुरस्कार’ बाट सम्मानित हुनुभएको छ। प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित अमर प्रहरी परिवारप्रति श्रद्धाञ्जली कार्यक्रमपछि उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो। गृहमन्त्री सुधन गुरुङले सो पुरस्कार वितरण गर्नुभएको हो। विभिन्न जटिल घटनाको अनुसन्धान, अपराध नियन्त्रण, भन्सार सुरक्षाका […]

सशस्त्र प्रहरी डिआईजी दिपक अधिकारीद्वारा तालिम सम्पन्न प्रशिक्षाथीलाई बधाई तथा शुभकामना   बाँके । सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक श्री दीपक अधिकारीज्यूको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रशिक्षार्थीहरूद्वारा मार्च पास, इज्जत अर्पण कवाज प्रदर्शन तथा तालिमसँग सम्बन्धित विभिन्न प्रस्तुतिहरू प्रदर्शन गरिएको […]