चितवन । पानीसँगै आएको असिनाले आइतबार चितवन कुरिनटार क्षेत्रमा ७४ गाडीमा क्षति पुगेको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार असिनाले लागेर ५७ वटा कार, १५ वटा माइक्रो बस र एक एकवटा ट्रक र मोटरसाइकलमा असर परेको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रवीन्द्र खनालले हिजो आइतबार साँझपख चार बजेर ५५ मिनेटदेखि साढे पाँच बजेको बीचमा इच्छाकमना गाउँपलिकाको वडा नम्बर ३, ४ र ५ मा हावाहुरी, असिना पानी आएको बताए ।
पृथ्वी राजमार्गमा गुड्दै गरेको गाडीमा असिना परेर क्षति पुगेको खनालको भनाइ छ । गाडीका सिसाहरू फुटेको तर यात्रु र चालकहरूलाई भने केही नभएको उनले बताए ।