१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

बैशाख १८-१९ गते लमहीको जैविक पार्कमा तेह्रौं लाटोकोसेरो महोत्सव हुने, प्रवेश नि : शुल्क गरिने,

Logo
बिदुर एमसी प्रकाशित सोमबार, बैशाख १४, २०८३

दाङ । देउखुरी लमहीमा “नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८३” हुने भएको छ । लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह, लमही र “प्रकृतिका साथीहरु” नामक संस्था काठमाण्डौँको संयुक्त आयोजनामा लमहीमा पहिलोपटक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा कुनै पनि शुल्क नलाग्ने गरी नि: शुल्क प्रवेशको व्यवस्था गरिएको पनि आयोजकले बताएको छ ।

लमही नगरपालिका अन्तरगत लमही बजारदेखि नजिकै उत्तरतिर रहेको जैविक विविधता ग्रीनपार्कमा यही बैशाख १८ र १९ गते उक्त १३औँ लाटोकोसेरो तथा हुचिल उत्सव गरिन लागिएको हो । बुधवार अपरान्ह लमहीको अजम्मरी सामुदायिक वन उपभोक्ता समूह, लमहीले जैविक विविधता ग्रीनपार्कमा पत्रकार सम्मेलनमार्फत १३औँ लाटोकोसेरो तथा हुचिल उत्सव लमहीमा हुन लागेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीका अध्यक्ष पवन शर्मा रिजालले घोषणा गरेका हुन् ।

अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही “प्रकृतिका साथीहरू” नामक संस्थाहरु आपसमा मिलेर नै लमहीमा अन्तर्राष्ट्रिय लाटोकोसेरो तथा हुचिल उत्सव गर्ने मनशायका साथमा गत कात्तिक ९ गते सम्झौता समेत भएको थियो । किसानको साथीको रूपमा चिर परिचित लाटोकोसेरोको गैरकानूनी व्यापार र शिकार हुन थालेपछि संरक्षणका लागि उत्सवको आयोजना गर्न लागिएको महोत्सवका आयोजक प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले पत्रकारहरुसित जानकारी गराए ।

विशेषगरी गाउँ घरतिर लाटोकोसेरो तथा हुचिल लगायत चरा, वन्यजन्तु संरक्षणको सन्देश दिने उद्देश्य – लक्ष्यका साथमा उत्सवको आयोजना गरिएको प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले जानकारी गराएका छन् ।

अवैध व्यापार र चोरी शिकारीका कारणले संकटग्रस्त अवस्थामा रहेको लाटोकोसेरो संरक्षणको सूचना फैलाउने उद्देश्यले विभिन्न समयमा नेपालका दश ठाउँमा उत्सव गरिसकेको निर्देशक आचार्यले स्पष्ट पारे । लाटोकोसेरो लगायत पन्छी र वन्यजन्तुसँगै हराउँदै गएका स्थानीय मौलिक कला र संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि पनि जोड दिएको उनलेे दाबी गरे ।

ठूला र जीर्ण भएर वा बूढा भएका रुखहरु कटानी हुँदा लाटोकोसेरोलाई वासस्थानको अभाव भएको तथ्यमाथि प्रकाश पार्दै आचार्यले आधुनिक घर बनाउने क्रमसँगै पुराना घरमा बनाइने खोपीमा बस्ने र सन्तान उत्पादन गर्ने लाटोकोसेरोमैत्री संरचनाको अभाव भएको बताएका छन् ।

कृषिमा प्रयोग हुने रासायनिक मल तथा विषादीको बढ्दो प्रयोग, सुरक्षित आहाराको कमीका कारणले पनि लाटोकोसेरो लोप हुने अवस्थामा पुगेको वन्यजन्तु संरक्षणकर्मी चिरञ्जिबी खनालले चर्चा गरे । अमेरिका र इटालीमा समेत मनाइने गरिएको यो उत्सव विगत केही वर्षदेखि नेपालमा पनि मनाउन थालिएको छ ।

दाङको देउखुरी – लमहीमा आयोजना हुन लागेको उक्त लाटोकोसेरो तथा हुचिल उत्सव यो क्षेत्रमा पहिलो उत्सव हो । हालसम्म यो उत्सव धादिङ, चितवन, नवलपरासी, गोर्खा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङमा आयोजना गरिसकेको प्रकृतिका साथीहरु संस्थाका डाइरेक्टर राजु आचार्यले जानकारी गराए ।

सो उत्सवमा हुने कुराहरु :

बैशाख १८/१९ गते, दुई दिनसम्म चल्ने सो उत्सवको पहिलो दिन : चरा अवलोकन, लाटोकोसेरो सम्बन्धी अस्थायी लघु म्युजियम तथा रोबोट प्रदर्शनी, लाटोकोसेरो सम्बन्धी स्लाइड तथा भिडियो प्रदर्शनी हुने निर्देशक आचार्यले जानकारी गराएका हुन् । त्यसैगरी उत्सवको दोस्रो दिन : संरक्षण, संस्कृति तथा लाटोकोसेरोसँग सम्बन्धीत सामग्रीहरू प्रदर्शन गरिने छ ।

उत्सवलाई जीवन्त बनाउन स्थानीय थारु, मगर, गुरुङ, कुमाल लगायतका सांस्कृतिक नृत्य र भजन तथा लोपोन्मुख संस्कृति झल्काउने स्थानीय प्रतियोगिता पनि हुने महोत्सव आयोजक वनका अध्यक्ष रिजालले जानकारी गराएका छन् । उत्सवमा नेपालको सबैभन्दा ठूलो लाटोकोसेरोको मास्कोट पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

लाटोकोसेरोले खासगरी मुसाको शिकार गर्ने, नियन्त्रण गर्ने हुनाले यसलाई किसानको साथीको रूपमा लिनेे गरिन्छ । लाटोकोसेरोको भाले, पोथी र एउटा बच्चाले एक मौसममा अर्थात् ४ महिनाको अवधिमा करिब ३ हजार वटासम्म मुसा खाने गर्दछन् । मुसा बाहेक लाटोकोसेरोले किरा, फट्यांग्रा, सर्प र भ्यागुतालाई पनि नियन्त्रण गर्दछ ।

यसको शिकार वा किनबेच गरेमा २५ देखि ५० हजारसम्म रकम जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद सजायँ वा दुवै सजायँ हुने कानुनी व्यवस्था छ । नेपालमा तराईदेखि हिमालसम्मै बासस्थान रहेको लाटोकोसेरोको संख्या भने एकिन छैन । संसारभर २३ प्रकारका लाटोकोसेरोको प्रजाति रहेको अभिलेख छ । नेपालमा ८८६ प्रजातिका चरामध्ये ३९ प्रजाति लोपोन्मुख अवस्थामा रहेको आचार्यले ठोकुवा गरे ।

उत्सव सम्बन्धि ब्यानर पनि अनावरण :

यही बैशाख १८ र १९ गते लमहीमा रहेको जैविक विविधता तथा ग्रीनपार्कमा हुन गइरहेको १३औँ लाटोकोसेरो तथा हुचिल उत्सको ब्यानर अनावरण गरिएको छ ।

सोही अवसरमा नेपाल पत्रकार महासंघ, केन्द्रीय सदस्य लिला शाह, अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीका अध्यक्ष पवन शर्मा रिजाल, प्रकृतिका साथीहरु नामक संस्था काठमाण्डौँका निर्देशक राजु आचार्य, अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीका कोषाध्यक्ष तेजबहादुर विक, अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीका सह–सचिव हिमन्त प्रसाद पाण्डे, वन वातावरण संरक्षण पत्रकार मञ्चका अध्यक्ष भानु जोशी सहितको टोली मिलेर संयुक्त रुपमा उक्त महोत्सवको ब्यानर अनावरण गरिएको हो ।

लाटोकोसेरो तथा हुचिल महोत्सव २०८३ को व्यापक रूपमा तयारी :

यसै वैशाखको तेस्रो साता आयोजना हुन गइरहेको १३औँ लाटोकोसेरो तथा हुचिल उत्सवको व्यापक रूपमा तयारी तीव्र पारिएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर लमही नगरपालिका -५, स्थित अजम्मरी सामुदायिक वनको आयोजना तथा …प्रकृतिका साथीहरू नामक संस्थाको सहकार्यमा आगामी वैशाख १८ र १९ गते नेपाल लाटोकोसेरो तथा हुचिल

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी लमहीमा “नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८३” हुने भएको छ । लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह, लमही र “प्रकृतिका साथीहरु” नामक संस्था काठमाण्डौँको संयुक्त आयोजनामा लमहीमा पहिलोपटक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा कुनै पनि शुल्क नलाग्ने गरी नि: शुल्क प्रवेशको व्यवस्था गरिएको पनि आयोजकले बताएको छ । लमही नगरपालिका अन्तरगत […]

काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सर्वोच्च अदालतले आदेशको संक्षिप्त विवरण सार्वजनिक गरेको छैन । राज्यका […]

धनगढी । जिल्ला अदालतको फैसलाअनुसार ३ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने २१ वर्षीया रक्षा लामिछाने आइतबार पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।

error: Content is protected !!