काठमाडौं । प्रहरी प्रधान कार्यालयका अनुसार
IGP कार्कीमाथि दबाब बढेको भन्ने समाचार तथा सामाजिक सञ्जालका टिप्पणीप्रति गम्भीर आपत्ति छ।

– यस्ता आधारहीन र भ्रामक सूचनाले संगठनको छवि र नागरिकको विश्वासमा असर पार्छ।

– सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई तथ्यपरक र आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरिएको छ।

– नियोजित रूपमा संगठनलाई बदनाम गर्ने गतिविधि भएको पाइएमा आवश्यक अनुसन्धान गरी कानुनी कारबाही गरिने चेतावनी पनि प्रहरीले दिएको छ।