१४ कार्तिक २०८३, शुक्रबार
30-10-2026 , Fri
×

दाङको घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा लामो समयदेखि अतिक्रमणमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख १५, २०८३

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको करिब दुई बिघाभन्दा बढी जग्गा लामो समयदेखि अतिक्रमणमा परेको छ । घोराही उपमहानगरपालिका–१४ स्थित उक्त जग्गा खाली गराउन प्रतिष्ठानले पहल गर्दै आए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन ।

जग्गा अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापन, शैक्षिक कार्यक्रमका लागि आवश्यक पूर्वाधार विस्तार तथा पार्किङ स्थल निर्माणलगायतका काम गर्न नसकेको जनाएको छ । अतिक्रमित जग्गा खाली गराउन आवश्यक समन्वय र सहजीकरणका लागि २०८२ चैत १८ गते गृह मन्त्रालयअन्तर्गत आन्तरिक प्रशासन, सहरी तथा सभा–समारोह व्यवस्थापन शाखाले जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचारसमेत गरेको थियो ।

उक्त क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी तथा भूमिहीनहरूले भने पुनर्वासको व्यवस्था भए मात्र जग्गा खाली गर्ने अडान राखेका छन् । घोराही–१४ खोलीगाउँ निवासी भीमा कामीले आफ्नो जग्गा नभएकाले बाध्यतावश खोलाको किनारमा बस्नुपरेको बताउँदै स्थायी बसोबासको सुनिश्चितता भए अन्यत्र जान तयार रहेको बताउनुभयो ।

स्थानीय मानबहादुर बुढाले पनि २०४० सालदेखि उक्त क्षेत्रमा बस्दै आएको उल्लेख गर्दै अहिले हटाउन खोज्दा कहाँ जाने भन्ने चिन्ता थपिएको बताउनुभयो । स्थानीयवासीहरूको साझा माग भनेको पुनः विस्थापित नहुने गरी स्थायी व्यवस्थापन गरिनु पर्ने रहेको छ । अहिले जस्तो बारम्बार हटाइने अवस्था नहोस् भन्ने उनीहरूको चाहना छ ।

वडा सदस्य तथा ट्राफिकचोक खोलीगाउँ टोल विकास समितिकी अध्यक्ष रचना कुमालका अनुसार उक्त क्षेत्रमा हाल १५९ घरपरिवार बसोबास गर्दै आएका छन् । जसमध्ये पुलचोक खोलीगाउँमा ५४ र ट्राफिकचोक खोलीगाउँ टोलमा १०५ घरपरिवार रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक प्राडा. जनार्दन पन्थीका अनुसार सेवा विस्तार र शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक भौतिक संरचना निर्माण गर्नुपर्ने भए पनि बस्तीका कारण समस्या भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले प्रतिष्ठान, स्थानीयवासी र घोराही उपमहानगरपालिकाबीच समन्वय गरी वास्तविक सुकुम्बासीको पहिचानसहित समस्या समाधान गरिने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी प्रधान कार्यालयका अनुसार IGP कार्कीमाथि दबाब बढेको भन्ने समाचार तथा सामाजिक सञ्जालका टिप्पणीप्रति गम्भीर आपत्ति छ। – यस्ता आधारहीन र भ्रामक सूचनाले संगठनको छवि र नागरिकको विश्वासमा असर पार्छ। – सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई तथ्यपरक र आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरिएको छ। – नियोजित रूपमा संगठनलाई बदनाम गर्ने […]

  कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा महिला प्रहरी कर्मचारीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा यस कार्यालय तथा मातहतमा कार्यरत सम्पूर्ण महिला प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कार्यस्थलमा आइपर्ने समस्या, चुनौती, महिला प्रहरीको भूमिका र थप सशक्तिकरणका विषयमा छलफल गरिएको थियो।

  बाँके । नेपालगन्ज जमुनाहा भन्सार मुख्य नाकामा यात्रु शाखा कर्मचारीको चरम दुरुपयोग गरी लाखौंको सामान नेपाल भित्र्याइने गरेको सेटिङ जालो भत्किएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेबाट खटिएको विशेष मोबाइल गस्ती टोलीले जमुनाहा नाकाबाट नेपालगञ्जतर्फ जादै गरेका २ वटा पेट्रोल अटो (नम्बर ५०२२ र ५९५६) लाई रोकी चेकजाँच गर्दा […]