१४ कार्तिक २०८३, शुक्रबार
30-10-2026 , Fri
×

विमानस्थलबाट यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं समानहरु प्रतिबन्धित नष्ट हुने,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख १७, २०८३

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ।

गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी प्रधान कार्यालयका अनुसार IGP कार्कीमाथि दबाब बढेको भन्ने समाचार तथा सामाजिक सञ्जालका टिप्पणीप्रति गम्भीर आपत्ति छ। – यस्ता आधारहीन र भ्रामक सूचनाले संगठनको छवि र नागरिकको विश्वासमा असर पार्छ। – सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई तथ्यपरक र आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरिएको छ। – नियोजित रूपमा संगठनलाई बदनाम गर्ने […]

  कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा महिला प्रहरी कर्मचारीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा यस कार्यालय तथा मातहतमा कार्यरत सम्पूर्ण महिला प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कार्यस्थलमा आइपर्ने समस्या, चुनौती, महिला प्रहरीको भूमिका र थप सशक्तिकरणका विषयमा छलफल गरिएको थियो।

  बाँके । नेपालगन्ज जमुनाहा भन्सार मुख्य नाकामा यात्रु शाखा कर्मचारीको चरम दुरुपयोग गरी लाखौंको सामान नेपाल भित्र्याइने गरेको सेटिङ जालो भत्किएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेबाट खटिएको विशेष मोबाइल गस्ती टोलीले जमुनाहा नाकाबाट नेपालगञ्जतर्फ जादै गरेका २ वटा पेट्रोल अटो (नम्बर ५०२२ र ५९५६) लाई रोकी चेकजाँच गर्दा […]