१४ कार्तिक २०८३, शुक्रबार
30-10-2026 , Fri
×

सुर्ती गुटका बन्द गर्न प्रियासनको सरकारलाई अनुरोध,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, बैशाख १७, २०८३

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति कानुन अनुसार पालिकामा यस्तो निर्णय गर्न सुझाव दिनु भयको छ ।

 

प्रियासनले लेख्नुभएको छ – सामाजिक सञ्जालमा सुर्ती गुटकाको प्लास्टिकबाट बनेको खोलका कारण बजारमा व्यापक प्रदूषण छ। सरकारले यसलाई पूर्णरूपले बन्द गर्न सक्दैन भने कम्तिमा पनि यसको खोललाई कागजबाट बनाउन लगाउनुपर्छ l कागजबाट बनेको खोल डिस्पोज हुन्छ वातावरण प्रदूषणमा यसले कम नोक्सान गर्छ। यस्तो खोल नबनाउँदासम्म कम्तीमा पनि हरेक पालिकाले स्थानीय नियम कानुन अनुसार सुर्ती गुटका बिक्री वितरणमा रोक लगाउँदा राम्रो हुन्छ। धन्यवाद l

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी प्रधान कार्यालयका अनुसार IGP कार्कीमाथि दबाब बढेको भन्ने समाचार तथा सामाजिक सञ्जालका टिप्पणीप्रति गम्भीर आपत्ति छ। – यस्ता आधारहीन र भ्रामक सूचनाले संगठनको छवि र नागरिकको विश्वासमा असर पार्छ। – सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई तथ्यपरक र आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरिएको छ। – नियोजित रूपमा संगठनलाई बदनाम गर्ने […]

  कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा महिला प्रहरी कर्मचारीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा यस कार्यालय तथा मातहतमा कार्यरत सम्पूर्ण महिला प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कार्यस्थलमा आइपर्ने समस्या, चुनौती, महिला प्रहरीको भूमिका र थप सशक्तिकरणका विषयमा छलफल गरिएको थियो।

  बाँके । नेपालगन्ज जमुनाहा भन्सार मुख्य नाकामा यात्रु शाखा कर्मचारीको चरम दुरुपयोग गरी लाखौंको सामान नेपाल भित्र्याइने गरेको सेटिङ जालो भत्किएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेबाट खटिएको विशेष मोबाइल गस्ती टोलीले जमुनाहा नाकाबाट नेपालगञ्जतर्फ जादै गरेका २ वटा पेट्रोल अटो (नम्बर ५०२२ र ५९५६) लाई रोकी चेकजाँच गर्दा […]