१४ कार्तिक २०८३, शुक्रबार
30-10-2026 , Fri
×

१२ वर्षअघि अपलोड भएको यो फोटोबारे थुप्रै साथीहरुको जिज्ञासा,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख १७, २०८३

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ ।

त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीको नवनिर्मित भवन उद्घाटन गर्न नेपाली सेनाको एआई १७ हेलिकप्टरबाट सन्धीखर्क पुगेका थियौँ । उद्घाटन र खाना खाने कार्यक्रमपछि काठमाडौं फर्किने पूर्वनिर्धारित कार्यक्रम थियो । तर, त्यहाँसम्म पुगेपछि वामदेव कमरेडले आफ्नो गृहजिल्ला तथा निर्वाचन क्षेत्र प्यूठान जाने मन गर्नुभयो । र, हेलिकप्टर सीधै प्यूठान लाग्यो । त्यहाँ सांसदका रुपमा वामदेव कमरेडको सम्पर्क कार्यालय उद्घाटन गर्ने कार्यक्रम थियो । आईजीपी उपेन्द्रकान्त अर्यालको शर्त थियो, स्वर्गद्वारी पुगिन्छ भने जाऔँ । त्यसैले सम्पर्क कार्यालय उद्घाटनलगत्तै हामी प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारीतर्फ सोझियौँ । स्वर्गद्वारीबाट फर्किनका लागि हेलिकप्टर चढ्नुअघि यो फोटो खिचिएको हो । यसमा हाल नेकपा एमाले, प्यूठान जिल्ला कमिटीका अध्यक्ष विजयविराज विष्ट पनि हुनुहुन्छ । उहाँ र म वामदेव कमरेडको सचिवालयमा थियौँ ।

तर, शत्रुले चारैतिरबाट घेरेको उक्त अवस्थामा सो यात्राबारे अनेकन अनर्गल हल्ला फैलाइयो । ‘गृहमन्त्री २० लाख खर्च गरेर गृहजिल्ला गए’, ‘सेनाले ३ घण्टाका लागि प्रतिघण्टा ४ लाख ९७ हजार २ सय ५० रुपैयाँ भाडामा दिएको हेलिकप्टर गृहमन्त्रीले दिनभरि होल्ड गरे’ जस्ता अफवाह फैलाइयो । गृह मन्त्रालयले रकम भुक्तानी गर्ने गरी त्यसदिन हेलिकप्टर प्रयोग भएको थियो । र, प्रतिघण्टाको हिसाब थिएन । फ्युलसहित केही सर्भिस चार्जमा गृहलाई सेनाले हेलिकप्टर दिने गरेको थियो । नढाँटी भनौँ, प्रहरीका ‘सा’बहरु’ वामदेवको बदनाम गर्न उक्त कालखण्डमा साह्रै सक्रिय हुनुहुन्थ्यो । समाचारको प्लटिङ त्यसरी नै भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी प्रधान कार्यालयका अनुसार IGP कार्कीमाथि दबाब बढेको भन्ने समाचार तथा सामाजिक सञ्जालका टिप्पणीप्रति गम्भीर आपत्ति छ। – यस्ता आधारहीन र भ्रामक सूचनाले संगठनको छवि र नागरिकको विश्वासमा असर पार्छ। – सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई तथ्यपरक र आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरिएको छ। – नियोजित रूपमा संगठनलाई बदनाम गर्ने […]

  कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा महिला प्रहरी कर्मचारीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा यस कार्यालय तथा मातहतमा कार्यरत सम्पूर्ण महिला प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कार्यस्थलमा आइपर्ने समस्या, चुनौती, महिला प्रहरीको भूमिका र थप सशक्तिकरणका विषयमा छलफल गरिएको थियो।

  बाँके । नेपालगन्ज जमुनाहा भन्सार मुख्य नाकामा यात्रु शाखा कर्मचारीको चरम दुरुपयोग गरी लाखौंको सामान नेपाल भित्र्याइने गरेको सेटिङ जालो भत्किएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेबाट खटिएको विशेष मोबाइल गस्ती टोलीले जमुनाहा नाकाबाट नेपालगञ्जतर्फ जादै गरेका २ वटा पेट्रोल अटो (नम्बर ५०२२ र ५९५६) लाई रोकी चेकजाँच गर्दा […]