१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

सांसद साजिदा सिदिकीको माग:भ्यूसको लागि गरिखानेलाई दुर्व्यवहार गर्ने अपराधी सोचमाथि कारबाहीको माग,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ १०, २०८३

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा सिदिकीले उठाएको मुद्दा एकदमै सान्दर्भिक छ। युट्युब, टिकटक, फेसबुक रिल्स बनाएर “भ्यूस” बटुली घर चलाउने हजारौं युवा/महिला छन् नेपालमा। उनीहरूलाई “भिखारी”,समाज बिगार्ने” भनेर गाली गर्ने, दुर्व्यवहार गर्ने सोच साँच्चै अपराधी सोच हो।

डिजिटल दुर्व्यवहार बढ्दो छ कमेन्टमा गाली, थ्रेट, डक्सिङ, महिलालाई चरित्र हत्या गर्ने प्रवृत्ति धेरै छ। यो “अभिव्यक्ति” होइन, साइबर अपराध हो।

कति युवा विदेश जानबाट रोकिएर यहीबाट डलर कमाइरहेका छन्। सरकारले “स्टार्टअप” भन्छ, तर क्रियटरलाई सम्मान दिँदैन।

कानुनले इलेक्ट्रोनिक कारोबार ऐन २०६३ र साइबर अपराध सम्बन्धी कानुनले अनलाइन गाली-गलौज, धम्की, मानहानीलाई कारबाही गर्ने व्यवस्था गरेको छ। तर “अपराधी सोच भएका मानिस” भन्ने मात्रैले पुग्दैन – स्क्रिनसट, लिङ्क, प्रमाण लिएर साइबर ब्युरो काठमाडौं वा जिल्ला प्रहरीमा उजुरी दिनुपर्छ।

स्वतन्त्रताको नाममा कसैले अश्लील, घृणा फैलाउने, हिंसात्मक कन्टेन्ट बनायो भने त्यो पनि कारबाहीमा पर्छ। सांसद सिदिकीले माग गरेको तुरुन्तै पक्रेर कानुनी कारबाही”माग गरेका छन् ।

भ्यूसका लागि भिख माग्नु अपराध होइन, अर्कालाई हेप्नु अपराध हो। सरकारले चाँडै स्पष्ट नीति ल्याओस् भन्ने त मेरो पनि माग हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नं. गंगदीस्थित सालभौरी गाउँ आसपास केही दिनदेखि जंगली भाले हात्ती गाउँमा प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। साँझ पर्ने बित्तिकै हात्ती गाउँ पस्ने गरेको स्थानीयले बताएका छन्। हात्ती अहिले राजमार्ग हाईवेमा समेत देखा पर्न थालेको सवारी चालकहरुले बताएका छन्। यसैबीच डिभिजन वन कार्यालय दाङ देउखुरीले स्थानीय […]

  दाङ । तुलसीपुरमा सडक दुर्घटना न्यूनीकरणका लागि राखिएका सडक डिभाइडर नै चोरी हुन थालेका छन्। केही व्यक्तिहरूले रातिको समयमा कारमा हालेर डिभाइडर चोरेर लैजाने गरेको पाइएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरले निगरानी बढाएको छ र यस्तो कार्य नगर्न सुझाव दिएको छ। सडक सुरक्षाका लागि राखिएका संरचना चोर्नु आफैंमा गम्भीर लापरबाही र कानुन विपरित कार्य भएको […]

  धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। २०८३ साल कात्तिक ८ गते करिब १४:०० बजे भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट बराहक्षेत्र–चतरा, सुनसरीतर्फ जाँदै गरेको OBM कम्पनीको पानीबोट ब्रेक फेल भई दुर्घटना भएको हो। पानीबोटमा चालकसहित १५ जना सवार थिए। घटनालगत्तै *इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टी, सुनसरी*बाट […]