२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

तस्करी नियन्त्रण गर्न प्रहरीले सीमा नाकामा सादा पोसाकका प्रहरीहरु परिचालन गर्ने,आईजिपी पौडेल

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ ११, २०८३

काठमाडौँ । सशस्त्र प्रहरीले सीमा नाकामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । दैनिक सयौँको आवतजावत हुने हुनाले सर्वसाधारणलाई सहजीकरण  र सहयोग गर्न  त्यस्तो टिम परिचालन गर्न लागिएको सशस्त्र प्रहरीका आईजी नारायणदत्त पौडेलले बताए ।

बिहीबार प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजी पौडेलले भने, ‘सीमानामा बोर्डर इन्टर्याक्सन टिम गठन गरिँदै छ ।’

नेपाल प्रवेश गर्ने मुख्य नाकाहरूमा त्यस्तो टिम (बिआईटी) परिचालन गरिने आईजी पौडेलले बताए । उनले भने, ‘बिआईटी मूल नाकाहरूमा परिचालन गर्छाैँ, त्यो अभ्यास काउन्टर पार्टस्‌मा पनि छ ।’

सशस्त्रले बिआईटी टोलीमा परिचालन गर्ने सकलदर्जालाई अनुशिक्षण दिइरहेको छ । नाकामा स्क्रिनिङ गर्ने र काउन्टर पार्टस्‌सँग समन्वय गरेर सो टोलीले काम गर्ने  पौडेलले बताए । उनले भने, ‘त्यो युनिट एउटा समितिको रूपमा रहन्छ ।’

आन्तरिक सुरक्षामा अहिले भइरहेका कामलाई प्रभावकारी बनाउने गरी सशस्त्रले काम गरिरहेको आईजी पौडेलले बताए । उनले भने, ‘बेटर रिजल्ट कसरी भन्नेमा केन्द्रित भएर काम गरिरहेका छौँ ।’

सशस्त्र प्रहरीले यस वर्षको मनसुन अवधिमा हुनसक्ने सम्भावित विपद् जोखिमको पूर्व तयारी तथा प्रतिकार्य योजना पनि सार्वजनिक गरेको छ ।
सशस्त्रले देशभरका १६ स्थानलाई ‘जोखिमयुक्त’ स्थान पहिचान गरेको छ । ती १६ स्थानमा बेस स्थापना गरिएको सशस्त्रका प्रवक्ता डीआईजी कार्कीले बताए । उनले भने, ‘१६ वटा बेसमा जनशक्ति र स्रोत साधन तयारी अवस्थामा राखिएको छ ।’

सशस्त्रले धनकुटा, सुनसरी, बारा, सप्तरी, धादिङ, सिन्धुली, मकवानपुर, काभ्रे, म्याग्दी, गोरखा, दाङ, सुर्खेत, जुम्ला, डडेलधुरा, डोटी र कैलालीमा बेस स्थापना गरेको छ । यसैगरी सात वटा प्रदेशको ५४ ठाउँमा अस्थायी मनसुन प्रतिकार्य वेश स्थापना गरिएको डीआईजी कार्कीले जानकारी दिए ।

विपद् प्रतिकार्यको लागी ८ हजार १८० जना सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरूलाई २४ सै घण्टा स्ट्याण्डबाई राखिएको छ । विपद् व्यवस्थापन तालिम गरेका २१ हजार ६९९ जनशक्ति रहेको सशस्त्रले जनाएको छ ।

सशस्त्रले देशभरका आफ्नो युनिटहरूमा ‘डिजास्टर फोकल पर्सन’ तोकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, आपतकालिन कार्य सञ्चालन केन्द्र, प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र र जिल्ला आपतकालिन सञ्चालन केन्द्रहरूमा तालिम प्राप्त ९५ जना सशस्त्रका कर्मचारीहरूलाई समन्वयको लागी परिचालन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल मोबाइल डिलर एसोसिएसन (एनएमडीए) राप्ती शाखाले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ। विपद्को यस कठिन घडीमा पीडित नागरिकहरूको राहत, उद्धार तथा पुनःमोबाइलस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एनएमडीए राप्ती शाखाले रु. १ लाख १२ हजार ७ सय १० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप […]

कैलाली । कञ्चनपुरको दोधारा चाँदनीस्थित महाकाली नदीको किनारमा टिकटक बनाउने क्रममा अचानक चिप्लिँदा १५ वर्षीया सृष्टि सुनार नदीमा खसेर बेपत्ता भएकी छन्। घटनापछि उनको खोजी तथा उद्धारका लागि सम्बन्धित सुरक्षा निकायबाट प्रयास भइरहेको छ। विशेष अनुरोध: नदी, भिर, खोँच वा अन्य जोखिमपूर्ण स्थानमा टिकटक तथा फोटो–भिडियो बनाउँदा एकछिनको लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ। भाइरल हुनुभन्दा […]

काठमाडौं । पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। स्तन, प्रोस्टेट, कोलोन, मलाशय, पेट, प्यान्क्रियाज, कलेजो, टाउको र घाँटीका क्यान्सरमा मृत्युको जोखिम बढेको अनुसन्धानले देखाएको छ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्ने, एसिटाल्डिहाइड नामक कार्सिनोजेन उत्पादन गर्ने र […]