बाँके । नेपालगन्ज भारतको सीमा जोडिएको बाँके जिल्लाको विभिन्न नाकाहरु हुँदै साईगाउँको नाकाको बाटो हुँदै खसी-बाख्रा व्यापक तस्करी हुने गरेको पाएको छ । जब कि सुरक्षाको लागि पहिलो चरणमा सशस्त्र प्रहरी बिओपी छ दोस्रो चरणमा नेपाल प्रहरीको साईगाउँ प्रहरी चौकी हुदाहुदै पनि कसरी तस्करी हुन्छ स्थानीयहरुले गुनासो गर्दै प्रहरीहरुले अहिलेसम्म के हेरेर बसेको बताएका छन् ।
खुला सीमा नाका थोरै,बाटो धेरै बाटो छोडेर खोला/खेत/जंगलको बाटोबाट सजिलै पठाइन्छ। २४ औ घण्टा सबै बाटोमा प्रहरी खटाउन सम्भव हुँदैन।
भारतमा नेपाली खसी-बाख्राको माग र मूल्य बढी छ। १ वटा बाख्रामा ३-४ हजार फरक पर्छ। त्यसैले तस्करलाई फाइदा धेरै, जोखिम कम लाग्छ ।
कहिलेकाहीँ सुरक्षाकर्मीमाथि नै मिलेमतोको आरोप लाग्ने गर्छ। सबै प्रहरी बेखबर हुँदैनन् होला, तर सूचना नपुग्नु, प्रमाण नपुग्नु, वा राजनीतिक दबाबले कारबाही रोकिन सक्छ । नेपाली किसानले आफ्नो खसी-बाख्रा बजारमा उचित मूल्य पाउँदैनन् ।