२४ भाद्र २०८३, बुधबार
09-09-2026 , Wed
×

दाङ जिल्ला ट्राफिक प्रमुख उपेन्द्र ब. बम प्रहरी निरीक्षक जादाजादै सबै दाङबासीलाई धन्यवाद दिएर गए,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ १२, २०८३

दाङ । जागिरे जीवनका केही फरक अनुभवहरूको सँगालो बोकी करिब १४ महिनाको अवधिसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय, दाङमा कार्यरत रहँदा मलाई विभिन्न तवरले मार्गदर्शन गर्नुहुने आदरणीय लुम्बिनी प्रदेश प्रहरी कार्यालय का प्रमुख श्रद्धेय श्रीमान् भूपेन्द्रबहादुर खत्रीज्यू, दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय का प्रमुखज्यूहरू, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुखज्यूहरू, दाङस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीज्यूहरू, राजनीतिक दलका प्रमुख तथा पदाधिकारीज्यूहरू, सम्पूर्ण स्थानीय तहका प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिज्यूहरू, सरकारी तथा गैरसरकारी कार्यालयहरूका प्रमुख तथा पदाधिकारीज्यूहरू, सम्पूर्ण प्रहरी अधिकृतज्यूहरू, कर्मचारी मिलन केन्द्रका सम्पूर्ण सर–म्याडमहरू, JCI तथा लेडी जेसिजका पदाधिकारीज्यूहरू, रोटरी क्लब अफ घोराहीका पदाधिकारी ज्यू हरु,जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङ लगायत सम्पूर्ण प्रहरी अधिकृत तथा सकल दर्जाका सहकर्मी साथीहरू, विभिन्न यातायात प्रा.लि. (बस, ट्रक, टिप्पर, मिनी, अटो, ट्र्याक्टर तथा ट्याक्सी) का पदाधिकारी व्यवसायीहरू तथा मजदुर ज्यू हरु, यातायात व्यवस्था कार्यालय तुलसीपुरका प्रमुख तथा पदाधिकारीज्यूहरू, विभिन्न उद्योग–व्यवसायका प्रतिनिधिहरू, दाङ जिल्लाका सम्पूर्ण पत्रकार मित्रहरू, विभिन्न विद्यालयका आदरणीय शिक्षक ज्यूहरू, विद्यार्थी भाइबहिनीहरू, समाजसेवी, बुद्धिजीवी, विभिन्न वाणिज्य तथा व्यापार–व्यवसायीहरू, विभिन्न संघ–संस्थाका प्रमुख तथा पदाधिकारीज्यूहरू, आत्मीय दाङवासी आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू, आफन्तजन, इष्टमित्र तथा शुभेच्छुकहरूबाट प्राप्त माया, स्नेह र हौसलाले मेरो दाङ बसाइ सहज, सरल तथा कर्तव्यपरायण बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। यसका लागि सम्पूर्ण आदरणीय महानुभावहरूप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु।

तत्कालीन परिस्थितिको प्रभावबाट मैले नेतृत्व गरेको कार्यालय पनि अछुतो रहन सकेन। समयको पाबन्दी र चुनौतीहरूले नयाँ पाठ सिकाएको छ‌ । जीर्ण अवस्थाबाट उठेर सम्पूर्ण टिममा आत्मबल र विश्वास जगाउँदै पूनः अहोरात्र देश र जनताको सेवामा समर्पित हुन तथा जलेर ध्वस्त बनेका भौतिक संरचनाहरूको पुूनर्निर्माण कार्यमा सहयोग,सहकार्य र सदासयता देेखाउनु हुने सम्पूर्ण आदरणीय दाङवासी दाजुभाइ तथा दिदीबहिनीहरू प्रति हृदयदेखि नै विशेष आभार प्रकट गर्दछु। हामीप्रति यहाँहरूले देखाउनु भएको सद्भाव, सहयोग र आत्मीयता प्रति म सदैव नतमस्तक रहनेछु।

अब मेरो नयाँ कर्मथलो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय हुनेछ। यहाँहरूको साथ, सहयोग, माया र सद्भावको सदैव अपेक्षा रहनेछ।

स्वर्गद्वारी, पाण्डवेश्वर महादेव, अम्बिकेश्वरी मन्दिर तथा सुपादेउराली माताले हामी सबैको कल्याण गरून्।

???
धन्यवाद। जय नेपाल! ??
प्रहरी निरीक्षक उपेन्द्र बहादुर बम

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुस्ताङ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौंसम्म महसुस भएको थियो।

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी हुन्। गुल्मीमा जन्मिएकी कार्की नेपाल प्रहरीभित्र कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छिन्। प्रहरी सेवामा रहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी कार्की अब पिपरा क्षेत्रको शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित […]

दाङ । दाङमा ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेका बेला घोराही बनाउँ अभियान र नेवा सप्लायर्सले समस्यामा परेका विद्यार्थी तथा सुत्केरी महिलालाई लक्षित गर्दै मनकामना ग्यास वितरण गरेको छ। अभियान र सप्लायर्सको सहकार्यमा कुल ८० जना विद्यार्थी तथा सुत्केरी महिलालाई ग्यास वितरण गरिएको हो। दाङमा कुपन सिस्टममार्फत ग्यास वितरणलाई सहज, व्यवस्थित र पारदर्शी […]