२४ भाद्र २०८३, बुधबार
09-09-2026 , Wed
×

घोराही उपमहानगरपालिकाको लगातार संयुक्त बजार अनुगमन टोलीले बढ्दो,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, आषाढ १२, २०८३

दाङ । घोराही गर्मी र रोगको संक्रमणलाई मध्यनजर गर्दै आज घोराहीका ७ विद्यालयहरुका क्यान्टीनहरु र शौचालयहरुमा अनुगमन गरेको छ । त्यस अनुगमनमा बालबालिकाहरुले खाने खाजा नास्ताहरु खाद्य स्वच्छता र स्वस्थताका दृष्टिकोणले के कस्तो अवस्था रहेको छ भन्ने कुरालाई मध्यनजर गर्दै त्यहाँ देखिएका कमीकमजोरीहरुलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ भने अखाद्य पदार्थहरु, सडेका , बासी खानेकुराहरु, रङ्ग मिसाइएका खानेकुराहरु स्थलगत रुपमा नस्ट गरेको छ ।

 

साथै, लेभल नभएका बरफजन्य गुलियो पदार्थहरुलाई जफत समेत गरेको छ। त्यस क्रममा दीपशिखा बोर्डिङ स्कुल , गुरुकुल बोर्डिङ स्कुल, सिद्धार्थ स्कुल, सरस्वती मा वि काठेकोहल, शान्तिनिकेतन बोर्डिङ स्कुल , पद्द्मोदय मा वि, भरतपुर लगायतका विद्यालयहरु र त्यस आसपासका केही फलफूल तथा किराना पसलहरुमा अनुगमन गरिएको हो । घोराही उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको नेतृत्वमा गएको अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय , दाङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुल्सीपुर, वडा प्रहरी कार्यालय , घोराही, नेपाल पत्रका महासंघ, घोराही नगर प्रहरी र उपभोक्ता हित संरक्षण शाखा लगायतको नियमनकारी निकाय र सहजीकरण निकायहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुस्ताङ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौंसम्म महसुस भएको थियो।

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी हुन्। गुल्मीमा जन्मिएकी कार्की नेपाल प्रहरीभित्र कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छिन्। प्रहरी सेवामा रहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी कार्की अब पिपरा क्षेत्रको शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित […]

दाङ । दाङमा ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेका बेला घोराही बनाउँ अभियान र नेवा सप्लायर्सले समस्यामा परेका विद्यार्थी तथा सुत्केरी महिलालाई लक्षित गर्दै मनकामना ग्यास वितरण गरेको छ। अभियान र सप्लायर्सको सहकार्यमा कुल ८० जना विद्यार्थी तथा सुत्केरी महिलालाई ग्यास वितरण गरिएको हो। दाङमा कुपन सिस्टममार्फत ग्यास वितरणलाई सहज, व्यवस्थित र पारदर्शी […]