१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

ट्राफिक वित्त गौशालालाई नयाँ उचाइमा पुर्‍याएर बिदा भए, प्रहरी निरीक्षक राजु भण्डारी

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ १३, २०८३

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा ठूलो मानसिक र भौतिक चुनौती थियो।

तर, उनले हार मान्दै मानेनन् उक्त घट्नाबाट विचलित नभैइ उनले उच्च कूटनीतिक र प्रशासनिक समन्वय क्षमता देखाउँदै छोटो समयमै कार्यालय सञ्चालनका लागि नयाँ ठाउँको व्यवस्था गर्न सफल भए । आन्दो’लनका कारण गिरेको मातहतका ट्राफिक प्रहरीहरूको मनोबललाई पुन: उकास्दै, उनीहरूलाई हौसला र ऊर्जा दिएर कमान्ड सम्हाल्ने उनको त्यो कुशल शैली साँच्चै उत्कृष्ट थियो ।

एउटा सच्चा राष्ट्रसेवक प्रहरी अधिकृत कुर्सीमा मात्र बस्दैन भन्ने उदाहरण उनले प्रस्तुत गरे । जब जेन्जीहरूले प्रहरी बित्त गौशालालाई सेकेन्ड भरमा आगजनी बाट ध्वस्त बनायो। सडकखण्ड त्यस्तै अवस्थामा थियो जहाँ बिजुलीका पोलहरू लडेर अस्तव्यस्त थियो। ट्राफिकका लाइटहरू फुटाएर भोग्न अवस्थामा थियो विशेषगरी पशुपति भगवानको मन्दिर रहेकाले पुरानो बानेश्वर गौसला मित्रपार गौरीघाट चाबेल त्यत्तिकै जाम रहन्थ्यो। जाम लाई व्यवस्थापन गर्न उनी आफैं बिहान ८:०० देखि ११:०० बजेसम्म र बेलुकी ४:०० देखि ८:०० बजेसम्म घाम, पानी र धु-लोको प्रवाह नगरी सडकमै खटिएर उदाहरणीय कमान्ड प्रस्तुत गरे ।

यो १ वर्ष बिचमा उनले गरेका कामहरुलाई यसरी सम्झन सकिन्छ :

१.) जेनजी आन्दोलनमा कार्यालय भवन जलेर नष्ट भए तापनि हार नमानी उनले विभिन्न निकायहरूसँग निकै ठूलो र तीव्र समन्वय गरेर ट्राफिक कार्यालय राख्ने व्यवस्थित ठाउँको व्यवस्था गरे ,

२.) आ न्दो’लनका कारण गि-रेको मातहतका ट्राफिक प्रहरीहरूको मनोबललाई पुन: उठाउँदै, उनीहरूलाई हौसलापूर्वक र दृढताका साथ कमान्ड गर्न सफल,

३.) पुरानो बानेश्वर गौशाला चाबहेल क्षेत्रमा ट्राफिक लाइट जडान गर्ने र त्यसलाई व्यवस्थित रूपमा सञ्चालन गराउने कार्यमा उनको निकै महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका,

४.) सडक निर्माणको ज-टिल समयमा पनि सर्वसाधारणलाई सास्ती नहोस् भनी आफैं बिहान र बेलुकीको व्यस्त समयमा फिल्डमा खटिएर ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सफल ,

६.) ट्राफिक प्रहरी र गौशाला बासी सुमधुर र सहयोगात्मक सम्बन्धको विकास गरी नागरिक मैत्री सम्बन्धको बलियो जग बनाउन सफल ,

सं’कटमा नै साँचो नेतृत्वको पहिचान हुन्छ। आफ्नो एक वर्षे कार्यकालमा गौशाल क्षेत्रलाई सुरक्षित, शान्त र व्यवस्थित बनाउन अहोरात्र खटिनुहुने प्रहरी निरीक्षक राजु भण्डारी सरलाई हार्दिक धन्यवाद र आगामी नयाँ जिम्मेवारीका लागि सफलताको धेरै-धेरै शुभकामना!

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

दाङ । भालुवाङ राप्ती गाउँपालिकाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चलाएको कार्यक्रममा एउटा स्नेहपुर्ण दृश्यले सबैको मन छोएको छ। स्कुले बालिका र गाउँपालिका अध्यक्ष प्रकाश बिष्टबीचको आत्मीयता। औपचारिक भाषणभन्दा पनि त्यो स्नेहले देखाइदियो – बालबालिकाले खोजेको भनेको पाठ्यपुस्तक मात्र होइन, स्नेहपुर्ण अभिभावकत्व पनि हो। पढाइमा मात्र होइन, आत्मविश्वास, नेतृत्व र सीप बढाउने अभ्यास जनप्रतिनिधि भनेको […]

कैलाली । अत्तरियास्थित एक होटलमा प्रहरीले छापा मारेर *१९ जनालाई नियन्त्रणमा* लिएको खबर आएको छ। पक्राउ पर्नेमा यौन धन्दामा संलग्न जोडीहरू पनि रहेको प्रहरीको भनाइ छ। 1. *स्थान*: अत्तरिया क्षेत्रको होटल 2. *पक्राउ संख्या*: १९ जना 3. *आरोप*: यौन धन्दामा संलग्नता 4. *कारबाही*: प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । नेपालको मुलुकी अपराध संहिता २०७४ […]

error: Content is protected !!