१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

मध्यपूर्व द्वन्द्वका कारण बढेको डिजेल,पट्रोल लगायतका इन्धनको मूल्य अब घट्ने,अर्थमन्त्री डा. वाग्ले

Logo
Abc Sanchar प्रकाशित आइतबार, आषाढ १४, २०८३

काठमाडौं । आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अब ती वस्तुहरूको मूल्य पनि घटने बताएका हुन् ।

अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय बजारमा उक्त वस्तुको मूल्य घटेको भए पनि नेपालमा भारतीय आयल निगममार्फत उक्त इन्धन आउन बाँकी रहेकाले हालसम्म त्यसको मूल्य घटाउने अवस्था नरहेको जिकिर गरे ।

केही समय लागे पनि पेट्रोलियम पदार्थको मूल्य अब घटनेवाला अवस्थामा रहेको अर्थमन्त्री वाग्लेको भनाइ थियो

उनले भने, ‘अहिले मध्यपूर्वको अवस्था सहज हुँदै गयो । अब टाइम ल्याक त हुन्छ । क्रुड प्राइस त घटी नै सक्यो । भारतीय आयल निगममार्फत हामीले जुन इन्धन आयात गर्ने गरेका छौं । त्यो एकजस्ट भएर नेपालमा आउन केही समय लाग्ला । तर मूल्य अब घटनेवाला छ ।’

अर्थमन्त्री वाग्लेले आफूले अर्थमन्त्री हुने बित्तिकै उक्त इन्धनको मूल्य घटाउनका लागि पहल गरेको दाबी समेत गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नं. गंगदीस्थित सालभौरी गाउँ आसपास केही दिनदेखि जंगली भाले हात्ती गाउँमा प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। साँझ पर्ने बित्तिकै हात्ती गाउँ पस्ने गरेको स्थानीयले बताएका छन्। हात्ती अहिले राजमार्ग हाईवेमा समेत देखा पर्न थालेको सवारी चालकहरुले बताएका छन्। यसैबीच डिभिजन वन कार्यालय दाङ देउखुरीले स्थानीय […]

  दाङ । तुलसीपुरमा सडक दुर्घटना न्यूनीकरणका लागि राखिएका सडक डिभाइडर नै चोरी हुन थालेका छन्। केही व्यक्तिहरूले रातिको समयमा कारमा हालेर डिभाइडर चोरेर लैजाने गरेको पाइएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरले निगरानी बढाएको छ र यस्तो कार्य नगर्न सुझाव दिएको छ। सडक सुरक्षाका लागि राखिएका संरचना चोर्नु आफैंमा गम्भीर लापरबाही र कानुन विपरित कार्य भएको […]

  धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। २०८३ साल कात्तिक ८ गते करिब १४:०० बजे भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट बराहक्षेत्र–चतरा, सुनसरीतर्फ जाँदै गरेको OBM कम्पनीको पानीबोट ब्रेक फेल भई दुर्घटना भएको हो। पानीबोटमा चालकसहित १५ जना सवार थिए। घटनालगत्तै *इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टी, सुनसरी*बाट […]