२० आषाढ २०८३, शनिबार
04-07-2026 , Sat
×

दाङको लमही सम्राट सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीहरूले सेवा-सुविधाको माग गर्दै उद्योगमा तालाबन्दी,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, आषाढ १९, २०८३

दाङ । लमही-७ स्थित सम्राट सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीहरूले सेवा-सुविधा सुधारको माग गर्दै उद्योगमा तालाबन्दी गरेका छन्।

कर्मचारीहरूले विभिन्न माग राखेर व्यवस्थापनलाई ज्ञापनपत्र बुझाउँदै माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

कर्मचारीहरूले हाल केही कर्मचारीको मात्र तलब वृद्धि गरिएको भन्दै सबै कर्मचारीको समान रूपमा तलब वृद्धि गर्नुपर्ने माग राखेका छन्।

लामो समयदेखि कार्यरत कर्मचारीहरूको उचित मूल्याङ्कन गरी स्तरवृद्धि तथा पदोन्नति गर्नुपर्ने, यसअघि उपलब्ध गराइँदै आएको सेवा-सुविधा कटौती नगर्नुपर्ने र सम्पूर्ण कर्मचारीलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने उनीहरूको माग छ।

ज्ञापनपत्रमा सामाजिक सुरक्षा कोषमा जम्मा हुने रकम कर्मचारीले पाउँदै आएको तलब-भत्ताको ६० प्रतिशतलाई आधार मानेर जम्मा गर्नुपर्ने, भोजन तथा आवाससम्बन्धी विद्यमान समस्या समाधान गरी समयानुकूल व्यवस्था मिलाउनुपर्ने तथा स्थानीय युवालाई रोजगारीमा पहिलो प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।

त्यसैगरी कुनै कर्मचारीले राजीनामा दिएपछि बाहिरबाट नयाँ कर्मचारी ल्याउने प्रवृत्ति अन्त्य गरी उद्योगमै कार्यरत कर्मचारीलाई आवश्यक तालिम, उचित पारिश्रमिक, पदोन्नति तथा अवसर प्रदान गर्नुपर्ने माग पनि गरिएको छ। मागको सुनुवाइ नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने जनाइएको छ। देश संचारबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट डीआईजीद्वय अरुण पौडेल र शेखर खनालको सरुवा गरिएको हो। पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा सरुवा गरिएको छ। खनाललाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालयमा सरुवा गरिएको हो। यसअघि खनाल अख्तियारमा थिए भने पौडेल कार्य विभागमा थिए।

एजेन्सी । बेल्जियम र नेदरल्यान्ड्समा पनि गर्मीका कारण क्रमशः १,२२२ र करिब ४८० अतिरिक्त मृत्यु भएका छन्, जसमा वृद्धवृद्धा बढी प्रभावित भएका छन्। दक्षिणी फ्रान्समा तापक्रम ४० डिग्री सेल्सियस पुग्न सक्ने भन्दै ‘रेड अलर्ट’ जारी गरिएको र डढेलोको उच्च जोखिम रहेको छ। पछिल्लो समय समग्र युरोप अत्याधिक गर्मिसँग जुधिरहँदा मृत्युदर अत्यधिक बढ्दै गएको छ। जुन […]

दाङ । सबिन प्रियासन नेपालको साहित्य, समाजसेवा र सामाजिक चेतनाको क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। उहाँले साहित्य सिर्जना, सामाजिक जागरण तथा विकास, समृद्धि र सुशासनका विषयलाई जनस्तरसम्म पुर्‍याउने कार्यमा निरन्तर योगदान दिँदै आउनुभएको छ। विशेषगरी उपन्यास लेखनमार्फत समाजका विविध पक्षहरूलाई उजागर गर्दै सकारात्मक परिवर्तनको सन्देश फैलाउने उहाँको प्रयास उल्लेखनीय मानिन्छ। साहित्यप्रतिको गहिरो रुचि र […]

error: Content is protected !!