२४ भाद्र २०८३, बुधबार
09-09-2026 , Wed
×

कोशी ब्यारेज क्षेत्रमा डल्फिन देखियो,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, आषाढ ३२, २०८३

कोशी । सप्तरी र सुनसरी जोड्ने कोशी ब्यारेज आसपासको पानीमा १-२ वटा वयस्क डल्फिन स्थानीय माझी र माछा मार्नेहरूले देखेको बताएका छन् । गत महिना बाढीपछि पानीको सतह बढ्दा कोशी नदी नेपालमा गंगालीय डल्फिन पाइने मुख्य बासस्थान हो। यो डल्फिनलाई हामी “सुँस” पनि भन्छौं। यो अन्धो हुन्छ र इको-लोकेसनबाट माछा समात्छ। नेपालको राष्ट्रिय जलीय जनावर पनि यही हो।

डल्फिन देखिनु भनेको नदीको पानी सफा छ र माछा प्रशस्त छन् भन्ने सङ्केत हो। तर ब्यारेज, डुंगा, जाल र प्रदूषणले गर्दा यिनीहरूको बासस्थान खतरामा छ। त्यसैले देखिनु खुसीको कुरा पनि हो, संरक्षणको जिम्मेवारी पनि हो।
वन तथा डल्फिन संरक्षणका टोलीले पनि कोशीमा नियमित अनुगमन गर्न जरुरी पनि छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुस्ताङ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौंसम्म महसुस भएको थियो।

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी हुन्। गुल्मीमा जन्मिएकी कार्की नेपाल प्रहरीभित्र कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छिन्। प्रहरी सेवामा रहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी कार्की अब पिपरा क्षेत्रको शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित […]

दाङ । दाङमा ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेका बेला घोराही बनाउँ अभियान र नेवा सप्लायर्सले समस्यामा परेका विद्यार्थी तथा सुत्केरी महिलालाई लक्षित गर्दै मनकामना ग्यास वितरण गरेको छ। अभियान र सप्लायर्सको सहकार्यमा कुल ८० जना विद्यार्थी तथा सुत्केरी महिलालाई ग्यास वितरण गरिएको हो। दाङमा कुपन सिस्टममार्फत ग्यास वितरणलाई सहज, व्यवस्थित र पारदर्शी […]