२४ भाद्र २०८३, बुधबार
09-09-2026 , Wed
×

कोरा साइक्लिङ च्यालेन्ज २०२६ : दाङमा शनिबार हुने, ५० भन्दा बढी साइक्लिस्ट सहभागी हुने

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, साउन ०१, २०८३

दाङ। स्वस्थ जीवनशैली, वातावरण संरक्षण तथा धार्मिक–पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने उद्देश्यले कोरा साइक्लिङ च्यालेन्ज २०२६ दाङमा शनिबार आयोजना हुने भएको छ। दाङ साइकल सिटिद्वारा आयोजित यस कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। दाङ साइकल सिटिका अध्यक्ष ललित श्रेष्ठको अध्यक्षता, नेपाल पत्रकार महासङका केन्द्रीय सचिब सबिन प्रियासनको प्रमुख आथित्याता, नेपाल पत्रकार महासङ दाङ्का अध्यक्ष सन्तोस सुबेदि, पत्रकार मसङ्का पुर्ब अध्यक्ष सुदिप गौतमको विशेष उपस्थितिमा पत्रकार सम्मेलन भएको थियो ।
आयोजकका अनुसार कोरा अभियानको सुरुआत सन् २०११ मा काठमाडौंबाट भएको हो। ‘कोरा’ शब्द तिब्बती भाषाबाट आएको हो, जसको अर्थ धार्मिक स्थल वा मठ–मन्दिरको परिक्रमा गर्नु भन्ने हुन्छ। यही अवधारणालाई साइक्लिङसँग जोड्दै स्थानीय धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने, स्वस्थ जीवनशैली अपनाउने र सामाजिक उत्तरदायित्वका कार्यमा सहयोग जुटाउने उद्देश्यले कोरा अभियान सञ्चालन हुँदै आएको छ। हाल नेपालका विभिन्न शहरका साथै विदेशमा समेत यो अभियान लोकप्रिय बन्दै गएको छ।
दाङमा भने सन् २०२१ देखि कोरा साइक्लिङ कार्यक्रम आयोजना हुँदै आएको छ। सुरुका वर्षहरूमा घोराही र तुलसीपुरका साइक्लिस्टहरूले संयुक्त रूपमा कार्यक्रम आयोजना गरे पनि तुलसीपुर साइक्ल क्लब स्थापना भएपछि दुवै स्थानमा छुट्टाछुट्टै रूपमा कार्यक्रम सञ्चालन हुँदै आएको छ। दाङ साइक्लिस्टले क्लबलाई संस्थागत र दीर्घकालीन रूपमा अगाडि बढाउन विधान तयार गरी जिल्ला प्रशासन कार्यालयमा दर्ता समेत गरिसकेको जनाएको छ। क्लबले समय–समयमा साइक्लिङसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै शारीरिक स्वास्थ्य, सुरक्षित सवारी र स्वच्छ वातावरणबारे जनचेतना फैलाउने कार्य पनि गर्दै आएको छ।
यस वर्षको कोरा साइक्लिङ च्यालेन्ज श्रावण २ गते (जुलाई १८) बिहान ८ बजे घोराहीस्थित ललित इन्टरप्राइजेज होन्डा शोरुमबाट सुरु हुनेछ। लुम्बिनी प्रदेशका पर्यटन, उद्योग तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले कार्यक्रमको उद्घाटन गर्ने तय भएको छ।
साइक्लिङ यात्रा घोराहीको शहिद गेट, तुलसीपुर चोक, न्यू रोड, पुरानो बैंक रोड, गणेश मन्दिर, ट्राफिक चोक, अम्बिकेश्वरी मन्दिर, उबरी, चौघेरा मन्दिर, बाघी, पनेरा तथा धारापानी धाम हुँदै पुनः होटल माला इनमा पुगेर समापन हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
यस वर्षको कोरा साइक्लिङ च्यालेन्जमा ५० भन्दा बढी साइक्लिस्टको सहभागिता रहने अपेक्षा गरिएको छ। स्वास्थ्य, वातावरण संरक्षण र धार्मिक–पर्यटकीय क्षेत्रको प्रवर्द्धनलाई एकसाथ जोड्ने यस अभियानलाई सफल बनाउन आयोजकले सबैको साथ, सहयोग र सहभागिताका लागि आग्रह गरेको छ। आयोजक सस्थाका सदस्य सनत गिरिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन बिमल श्रेष्ठले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुस्ताङ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौंसम्म महसुस भएको थियो।

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी हुन्। गुल्मीमा जन्मिएकी कार्की नेपाल प्रहरीभित्र कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छिन्। प्रहरी सेवामा रहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी कार्की अब पिपरा क्षेत्रको शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित […]

दाङ । दाङमा ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेका बेला घोराही बनाउँ अभियान र नेवा सप्लायर्सले समस्यामा परेका विद्यार्थी तथा सुत्केरी महिलालाई लक्षित गर्दै मनकामना ग्यास वितरण गरेको छ। अभियान र सप्लायर्सको सहकार्यमा कुल ८० जना विद्यार्थी तथा सुत्केरी महिलालाई ग्यास वितरण गरिएको हो। दाङमा कुपन सिस्टममार्फत ग्यास वितरणलाई सहज, व्यवस्थित र पारदर्शी […]