२४ भाद्र २०८३, बुधबार
09-09-2026 , Wed
×

एमालेसँग सहकार्य तोड्ने कांग्रेस केन्द्रको निर्देशन ४ प्रदेशले गरे अटेर अब के हुन्छ,

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, साउन ०१, २०८३

काठमाडौं । पार्टी चलाउने खर्च नदिँदा केन्द्रले गठबन्धन तोडिदिएको प्रदेश मन्त्रीको आरोप

कोसी र लुम्बिनीमा एमाले नेतृत्वको सरकारबाट कांग्रेसका मन्त्रीले राजीनामा दिन मानेका छैनन् भने बागमती र गण्डकीमा कांग्रेसका मुख्यमन्त्रीले एमाले मन्त्रीलाई पनि बर्खास्त गरेका छैनन्।

सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकार आफूप्रति उत्तरदायी बनाउने रणनीति अनुसार एमालेसँगको सत्ता सहकार्य तोडेको कोसी प्रदेशका कांग्रेसका एक मन्त्रीले नेपालखबरलाई बताए।

‘कोसीमा हामी कोही शेरबहादुर दाइ, कोही शेखर दाइ र कृष्णप्रसाद सिटौला दाइको सिफारिसमा मन्त्री भएका हौँ। उनीहरूको मान्छेलाई किन मन्त्री राख्ने भन्ने गगन र विश्वजीलाई लागेको छ। त्यही अनुसार यो भाँडभैलो मच्चाउनु भएको छ,’ उनले भने, ‘हाम्रो संसदीय दलको नेता मुख्यमन्त्री हुने लोभमा उहाँको इसारामा छलफल र बैठक गरिराख्नु भएको छ। हामी राजीनामा दिने मुडमा छैनौँ।’

‘पार्टी चलाउन पैसा पनि चाहिन्छ भन्ने संकेत घुमाउरो ढंगले नेताहरूले उठाउनुभएको थियो। हामीसँग सिधै भनिराख्नु भएको छैन। आफ्ना मान्छेलाई मन्त्री र मुख्यमन्त्री बनाउँदा सबै कुरा गर्न सजिलो हुन्छ भन्ने पनि होला। कुरा अनेक छ,’ बागमतीका एक मन्त्री भन्छन्, ‘अहिले मुख्यमन्त्रीको पनि आफ्नै ताल छ। ६ जनालाई बिनाविभागीय बनाउनु भएको छ। बागमती प्रदेश सरकारमा भद्रगोल पो छ त।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुस्ताङ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौंसम्म महसुस भएको थियो।

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी हुन्। गुल्मीमा जन्मिएकी कार्की नेपाल प्रहरीभित्र कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छिन्। प्रहरी सेवामा रहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी कार्की अब पिपरा क्षेत्रको शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित […]

दाङ । दाङमा ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेका बेला घोराही बनाउँ अभियान र नेवा सप्लायर्सले समस्यामा परेका विद्यार्थी तथा सुत्केरी महिलालाई लक्षित गर्दै मनकामना ग्यास वितरण गरेको छ। अभियान र सप्लायर्सको सहकार्यमा कुल ८० जना विद्यार्थी तथा सुत्केरी महिलालाई ग्यास वितरण गरिएको हो। दाङमा कुपन सिस्टममार्फत ग्यास वितरणलाई सहज, व्यवस्थित र पारदर्शी […]