०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

नवलपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गर्यो

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०७६

कावासेती फागुन २ जिल्ला प्रहरी कार्यलय नवलपुरले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । जिल्ला प्रहरी कार्यलय नवलपुर नायव उपरिक्षक मोहन खाँडले दिएको जानकारी अनुसार मंगलवार नवलपुरको कावासोती थाना चोकमावडा नं २३ धुम्बाराही बस्ने रबि राई र दोलखा भिमेश्वर नगरपालिका वडा नं ११ का सुमन सुबेदीलाई शंकालागी खानतालसी गर्दा उनिहरुको साथबाट ५३ एम्पुल डाईजापाम, ५३ एम्पुल फेनरागन र ५३ एम्पुल नुफिन गरी जम्मा १०९ एम्पुल लागुऔषध र ३८ वटा सिरिन्ज सहित पक्राउ गरिएको छ ।
यस्तै गरि कावासोती नगरपालिका वडा नं १६ चालिसकिलो जंगलमा राजमार्गमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा काठमाण्डौ वडा नं.३२ का दिपक थापा र चितवन भरतपुर वडा नं ४ का कृष्ण कंडेल चढेको ना ४६ प ३४८७ को स्कुटर बाट नुफिन ३२८ एम्पुल, फेनारागन ३२८ एम्पुल, डाईजापाम ३२८ एम्पुल गरी जम्मा ९८४ एम्पुल र नाईट्रोभ्याट १५ टयाबलेट लागुऔषध फेला पारेको छ ।
सोही स्थानमा चेक जाँच गर्ने क्रममा प्रहरीले चितवन भरतपुर महानगरपालिका वडा नं ७ का दिपेश क्षेत्री ,वडा नम्बर २५ बस्ने नारायण क्षेत्रीबाट नुफिन ५५एम्पुल, फेनारागन ५५ एम्पुल,डाईजापाम ५५ एम्पुल गरी जम्मा १६५ एम्पुल पारी सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ । उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कास्की । जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। १०१ जना घाइते भएका छन्। यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो। जिल्ला प्रहरी कार्यालयका अनुसार असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा ७९ सवारीसाधन संलग्न थिए। दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारबाही अघि […]

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]