पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ ।
कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए ।
पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए ।
गुल्मी, बाग्लुङ, म्याग्दी, पर्वत, स्याङ्जा, मुस्ताङ् लगायतका जिल्लामा ठूलो पानी परेपछि रानीमहल क्षेत्रमा हरेक वर्ष डुवान हुने गरेको छ ।
सो क्षेत्रमा तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाले तटबन्धको काम नगर्दा हरेक वर्ष जोखिम बढ्दै गएको स्थानीयको गुनासो छ ।
माधव अर्यालबाट