दाङ । तुलसीपुर क्षेत्रमा भिक्षा मागेर कारमा घुम्ने बाबाहरूलाई प्रहरीले पक्राउ गरेर नेपालगन्ज हुदै भारत फर्कने सर्तमा रिहा गरेको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरले उनीहरूको आधार कार्डको प्रतिलिपि राखेर नेपालगन्ज हुँदै भारत फर्कने सर्त सहित छाडेको हो । उनीहरू तुलसीपुर बजार क्षेत्रका पसलहरुमा भिक्षा माग्दै भारतीय नम्बर प्लेट भएको कारमा घुमिरहेका थिए ।