१३ भाद्र २०८३, शनिबार
29-08-2026 , Sat
×

राजमार्गको पछिल्लो अवस्था ईप्रका मुग्लिङका प्रहरी निरीक्षक डिल्लीबहादुर खड्का अहोरात्र खट्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र १२, २०८३

मुग्लिङ,। पृथ्वी राजमार्ग प्रश्न : इन्स्पेक्टर साब, अहिले पृथ्वी राजमार्गको अवस्था कस्तो छ?

प्रहरी निरीक्षक डिल्लीबहादुर खड्का अहिले पृथ्वी राजमार्गको अवस्था एकदमै जोखिमपूर्ण छ। मुग्लिन-काठमाडौं खण्डमा ठाउँ-ठाउँमा पहिरो खसेको छ। विशेष गरी चुम्लिङटार, जोगिमारा र सिम्ले नजिकै सडक हिलाम्मे र चिप्लो भएको छ। एकतर्फी मात्र सवारी चलिरहेको छ।

*प्रश्न : सवारीसाधन चलिरहेका छन् कि ठप्प छन्?*

*खड्का हामीले भर्खरै केहीबेर सडक खुलाएका छौं। तर ठूला सवारीसाधन, ट्रक, बसलाई अझै पनि रोकिएको छ। साना सवारीलाई पालैपालो पास गराइरहेका छौं। माथिबाट ढुंगा खस्ने क्रम अझै रोकिएको छैन।

*प्रश्न : यात्रुहरूलाई के सल्लाह दिनुहुन्छ?*

*खड्का सबै यात्रु दाजुभाइलाई मेरो अनुरोध छ – अत्यावश्यक कामबाहेक आज यो राजमार्ग प्रयोग नगर्नुहोस्। यात्रा गर्नै परे पनि दिउँसोको समयमा मात्र गर्नुहोस्। राति पहिरोको जोखिम धेरै हुन्छ। हाम्रो ट्राफिक प्रहरी टोली २४सै घण्टा सडकमै छ।

*प्रश्न : सडक पूर्ण रुपमा खुल्न कति समय लाग्ला?*

*खड्का मौसमले साथ दियो र पानी रोकियो भने भोलि बिहानसम्ममा दुईतर्फी खुलाउने प्रयासमा छौं। डोजर स्ट्यान्डबाइमा राखेका छौं। तर अहिलेको अवस्थामा जोखिम मोलेर यात्रा नगर्नु नै उत्तम हुन्छ।

पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरूले अनिवार्य रूपमा ट्राफिक प्रहरीको सूचना लिएर मात्र यात्रा गर्नुहोला।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार शनिबार बिहान १० बजेमसम्म ६ सय २६ जनाको विभिन्न जिल्लामा शव फेला परेको छ। भदौ १० गते बुधबार तिब्बतमा हिमपहिरो आउँदा चीनसँगै नेपालतर्फ रसुवा, नुवाकोट, गोरखा, धादिङ, चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ। यी जिल्लामा खोज कार्य चलिरहेको छ। चार दिनसम्म मृत्यु हुनेको […]

मुग्लिङ,। पृथ्वी राजमार्ग प्रश्न : इन्स्पेक्टर साब, अहिले पृथ्वी राजमार्गको अवस्था कस्तो छ? प्रहरी निरीक्षक डिल्लीबहादुर खड्का अहिले पृथ्वी राजमार्गको अवस्था एकदमै जोखिमपूर्ण छ। मुग्लिन-काठमाडौं खण्डमा ठाउँ-ठाउँमा पहिरो खसेको छ। विशेष गरी चुम्लिङटार, जोगिमारा र सिम्ले नजिकै सडक हिलाम्मे र चिप्लो भएको छ। एकतर्फी मात्र सवारी चलिरहेको छ। *प्रश्न : सवारीसाधन चलिरहेका छन् कि ठप्प […]

चितवन । राजमार्गको विभिन्न स्थानमा थुप्रिएको लेदो र पहिरो पन्छाएपछि शुक्रवारदेखि सवारी आवागमन पुनः शुरु भएको हो । सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालका अनुसार राजमार्गको गलौँदी, बांगे, पोखरे, जरेखेत र बैरेनी लगायतका क्षेत्रमा ३ देखि ४ मिटरसम्म अग्लो लेदो र डेब्रिज थुप्रिएको थियो । जसका कारण गजुरीदेखि बैरेनीसम्मको सडक खण्ड पूर्ण रूपमा ठप्प बनेको थियो । […]