१३ भाद्र २०८३, शनिबार
29-08-2026 , Sat
×

धादिङ गजुरीका युवाद्वारा अलपत्र परेका यात्रुलाई निःशुल्क भोजन वितरण,

Logo
ABC-SANCHAR प्रकाशित शुक्रबार, भाद्र १२, २०८३

धादिङ । पृथ्वी राजमार्गमा अलपत्र परेका यात्रुहरूका लागि गजुरीका युवाहरूले निःशुल्क भोजनको व्यवस्था गरेका छन् ।

आज बिहान गजुरी बिगमार्टको प्राङ्गणमा आयोजित भोजनमा २६० जनाभन्दा बढी यात्रु सहभागी भएका छन् । राजमार्ग आज पनि सहज रूपमा खुल्ने सम्भावना नदेखिएपछि बेलुकाका लागि समेत भोजनको व्यवस्था गरिएको छ ।

विपद्को समयमा यात्रुहरूको साथमा उभिएको गजुरीका युवाहरूको यो मानवीय पहल प्रशंसनीय छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार शनिबार बिहान १० बजेमसम्म ६ सय २६ जनाको विभिन्न जिल्लामा शव फेला परेको छ। भदौ १० गते बुधबार तिब्बतमा हिमपहिरो आउँदा चीनसँगै नेपालतर्फ रसुवा, नुवाकोट, गोरखा, धादिङ, चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ। यी जिल्लामा खोज कार्य चलिरहेको छ। चार दिनसम्म मृत्यु हुनेको […]

मुग्लिङ,। पृथ्वी राजमार्ग प्रश्न : इन्स्पेक्टर साब, अहिले पृथ्वी राजमार्गको अवस्था कस्तो छ? प्रहरी निरीक्षक डिल्लीबहादुर खड्का अहिले पृथ्वी राजमार्गको अवस्था एकदमै जोखिमपूर्ण छ। मुग्लिन-काठमाडौं खण्डमा ठाउँ-ठाउँमा पहिरो खसेको छ। विशेष गरी चुम्लिङटार, जोगिमारा र सिम्ले नजिकै सडक हिलाम्मे र चिप्लो भएको छ। एकतर्फी मात्र सवारी चलिरहेको छ। *प्रश्न : सवारीसाधन चलिरहेका छन् कि ठप्प […]

चितवन । राजमार्गको विभिन्न स्थानमा थुप्रिएको लेदो र पहिरो पन्छाएपछि शुक्रवारदेखि सवारी आवागमन पुनः शुरु भएको हो । सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालका अनुसार राजमार्गको गलौँदी, बांगे, पोखरे, जरेखेत र बैरेनी लगायतका क्षेत्रमा ३ देखि ४ मिटरसम्म अग्लो लेदो र डेब्रिज थुप्रिएको थियो । जसका कारण गजुरीदेखि बैरेनीसम्मको सडक खण्ड पूर्ण रूपमा ठप्प बनेको थियो । […]