१६ भाद्र २०८३, मंगलबार
01-09-2026 , Tue
×

दाङको देवीकोट भद्राक्षीदेवी मन्दिरमा चमत्कार भक्तजनहरु वृद्धि जन्मदेखि नबोल्नेहरु बोल्दै,

Logo
सागर थापा प्रकाशित सोमबार, भाद्र १५, २०८३

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ९ देउखुरीस्थित देवीकोटमा रहेको भद्राक्षीदेवी मन्दिर एक शक्तिपिठ हुन ।

देवीकोट अन्य ठाउँ भन्दा निकै विकट क्षेत्रमा पर्छ । सामान्य सडक र विद्युत् पुगे पनि राम्रोसंग सञ्चार सेवा पुग्न सकेको छैन । जसका कारण त्यो क्षेत्र अझै पनि ओझेलमा छ ।

पूर्व–पश्चिम राजमार्गदेखि करीब आठ किलोमिटर पूर्वतिरको उकालो यात्रापछि मात्र देवीकोट पुग्न सकिन्छ । पहाडको चुचुरेमा अवस्थित देवीकोटको भद्राक्षीदेवी मन्दिर परिसरमा पछिल्लो समय आन्तरिक पर्यटकको आउजाउ बढेसँगै नयाँ–नयाँ संरचना निमार्ण पनि भइरहेका छन् भने कतिपय निर्माण प्रक्रियामा रहेका छन् ।

किम्बदन्ती अनुसार देवीकोटमा सत्यदेवीको बायाँ घुँडो पतन भएको हुँदा त्यहाँ भद्राक्षीदेवी उत्पत्ती भएको भन्ने जनविश्वास रहिआएको छ । यश मन्दिरमा आउने भक्तजनहरुको बच्चा नभएको पनि बच्चा हुने जन्म देखि बोल्न नसक्नेहरु पनि बोल्ने भएको मागेको मनोकामना पुरा भएको मन्दिरका पूजारी लीलाबहादुर कार्कीका अनुसार सत्ययुगदेखि नै देवीकोटमा भद्राक्षीदेवीको पूजाआराधाना हुँदै आएको छ ।

भद्राक्षीदेवी मन्दिरमा पूजाआराधना र प्राकृतिक रमणीय दृष्यावलोकन गर्न हिजोआज आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्यधन पाण्डे बताउछन । “देवीकोटसम्म ठूला सवारी साधन नपुगे पनि साना सवारी साधन पुगेपछि साना गाडी अटो र मोटरसाइकलबाट भए पनि भक्तजन मन्दिरसम्म पुग्ने गरेका छन्”, उनले भने,सबै भन्दा धेरै समस्या बाटोको रहेको र राप्ती गाउँपालिकालाई पटकपटक जानकारी गराउदा पनि बेवास्ता गरेको बताए मन्दिर परिसर भित्र निर्माणका धेरै अपुग कामहरु छन जस्तै पर्खाल गेट भरेयाङ्ग लगायतको थुप्रै समस्या हरु रहेकोे र राप्ती गाउँपालिकाले सहयोगमा बेवास्ता गरेको अध्यक्ष पाण्डे बताउँछन् । “मन्दिर परिसरमा केही व्यक्तिले आफ्ना दिवङ्गत आफन्तका नाममा मन्दिर, खानेपानी, पर्खाल, प्रतिक्षालय निर्माणको काम गरेका छन् ।

मन्दिर परिसरमा टाढाबाट आउने भक्तजनका लागि धर्मशाला, गणेश मन्दिर, शिव मन्दिरसमेत निर्माण गरिएको उनले बताए । अघिल्लो वर्षमा निकै थोरै व्यक्ति पैदलयात्रा गरेर जाने गरेको देवीकोटमा पछिल्लो समय मोटर बाटो पुगेपछि भने भक्तजन बढेका छन् । करीब तीन बिघा छ कठ्ठा क्षेत्रफलमा फैलिएको मन्दिर क्षेत्रमा विवाह मण्डप, हनुमान मन्दिर निमार्णाधीन अवस्थामा रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

देवीकोट दाङको चुरे श्रृङ्खलाको ऐतिहासिकस्थल हो । यस ठाउँमा पुगेपछि ऐतिहासिक अध्ययनका धेरै कुरा भेटिन्छन् । मन्दिरको पूर्वतर्फ घोरेवास भन्ने गाउँ छ । यस घोरेबासमा भुरेटाकुरे राजाका समयमा अड्डा अदालत र गोश्वारा कार्यालयसमेत रहेका स्थायीनवासीको भनाइ छ । मन्दिरको उत्तरतर्फ छाउनीटोला भन्ने गाउँ छ । कुनै समयमा सेनाको छाउनी रहेकाले अहिले उक्त गाउँलाई छाउन टोला नामकरण भएको स्थानीयहरु बताउछन ।

देवीकोटबाट देउखुरी उपत्यकाको दृष्यावलोकन गर्न सकिन्छ । देवीकोटको पहाडबाट उत्तरतर्फका हिमशङ्खला, महाभारत शृंखलाका पहाड र दक्षिणतर्फ देउखुरीको समतल भू–भाग तथा भारतको सीमा क्षेत्रको भू–भागसमेत हेर्न सकिन्छ । गाउँपालिकाभित्र ऐतिहासिक, धार्मिक र साँस्कृतिक धरोहर धेरै छन् । कतिपय प्राकृतिक सम्पदाको अध्ययन गर्न नै बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कंचनपुर । ​नेपाल प्रहरीले कञ्चनपुरबाट कर्नाटक प्रहरीका असई सतिश एमआर र जवान अल्फाब आरएसलाई नियन्त्रणमा लिएको छ । नेपाली सुरक्षा निकायसँग आवश्यक समन्वय र अनुमति नलिई नेपाली भूमिमा प्रवेश गरी एक नेपाली नागरिकलाई पक्राउ गर्न खोजेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो । घटनाबारे जिल्ला प्रहरी कार्यालय कंचनपुर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ९ देउखुरीस्थित देवीकोटमा रहेको भद्राक्षीदेवी मन्दिर एक शक्तिपिठ हुन । देवीकोट अन्य ठाउँ भन्दा निकै विकट क्षेत्रमा पर्छ । सामान्य सडक र विद्युत् पुगे पनि राम्रोसंग सञ्चार सेवा पुग्न सकेको छैन । जसका कारण त्यो क्षेत्र अझै पनि ओझेलमा छ । पूर्व–पश्चिम राजमार्गदेखि करीब आठ किलोमिटर पूर्वतिरको उकालो यात्रापछि […]

नुवाकोट । अविरल वर्षापछि त्रिशुली र तादी नदीको बाढीले डुबानमा परेको ऐतिहासिक देविघाट क्षेत्रको प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले स्थलगत अवलोकन गर्नुभएको छ। बाढीले देविघाट बजार क्षेत्रका दर्जनौँ घर, पसल र मन्दिर परिसर जलमग्न भएका छन्। निरन्तरको वर्षाले त्रिशुली नदीको जलसतह बढ्दा तल्लो बजार क्षेत्र डुबानमा परेको हो। अवलोकनका क्रममा आइजीपी पौडेलले: स्थानीय बासिन्दा […]