धादिङ । त्रिशूली नदीको भयानक कटान र पहिरोले पृथ्वी राजमार्गको लाइफलाइन मानिने कृष्ण भिरको यो अवस्था देख्दा मनै रुन्छ। काठमाडौँ जोड्ने मुख्य बाटो नै यसरी बगाएपछि अब कहिले बन्ला त यो बाटो?
हजारौँ यात्रुहरू बाटोमै अलपत्र छन्, बिरामी बोकेका एम्बुलेन्स रोकिएका छन्। सरकार, अब अर्को विकल्प कहिले खोज्ने? जनताले दुःख पाएको कति हेरिरहने? सम्बन्धित निकायको बेलैमा ध्यान जाओस् ।