०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

रसुवाका बाढीपीडितका लागि नेवार सेवा समिति घोराहीको ३० हजार ५ सय ५ रुपैयाँ सहयोग,

Logo
Abc Sanchar प्रकाशित बिहिबार, भाद्र १८, २०८३

दाङ। नेवार सेवा समिति घोराहीले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा ३० हजार ५ सय ५ रुपैयाँ सहयोग गरेको छ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो। बाढीका कारण ज्यान गुमाएका परिवारप्रति श्रद्धाञ्जली तथा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग रकम उपलब्ध गराएको जनाएको छ।
सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने क्रममा नेवार सेवा समिति घोराहीका अध्यक्ष बिमलमान श्रेष्ठ, सचिव विवेक श्रेष्ठ, नेवा: देव दबु दाङका अध्यक्ष दिनेश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले प्राकृतिक विपत्तिको पीडामा परेका नागरिकलाई सहयोग गर्नु सबैको साझा मानवीय दायित्व भएको बताउनुभयो। उहाँले सानो वा ठूलो रकमभन्दा पनि संकटमा परेका नागरिकप्रति देखाइएको सद्भाव, सहयोग र एकताले ठूलो अर्थ राख्ने उल्लेख गर्नुभयो।
“प्राकृतिक विपत्तिले जहाँका नागरिकलाई प्रभावित पारे पनि पीडा हाम्रो साझा पीडा हो,” प्रियासनले भन्नुभयो, “यस्तो समयमा विभिन्न संघसंस्था, समुदाय र नागरिकले आफ्नो क्षमताअनुसार सहयोग गर्नु नै मानवीयता र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण हो।”
नेवार सेवा समिति घोराहीका अध्यक्ष बिमलमान श्रेष्ठले रसुवाका बाढीपीडितहरूको दुःखमा साथ दिने उद्देश्यले संस्थाका तर्फबाट सहयोग रकम प्रदान गरिएको बताउनुभयो। उहाँले विपत्तिबाट प्रभावित नागरिकले राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वासका साथ प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरिएको जानकारी दिनुभयो।
सचिव विवेक श्रेष्ठ तथा नेवा: देव दबु दाङका अध्यक्ष दिनेश श्रेष्ठले पनि प्राकृतिक विपत्तिका बेला सबै समुदाय र संघसंस्था एकजुट भएर पीडितको साथमा उभिनुपर्नेमा जोड दिनुभयो।
नेवार सेवा समिति घोराहीले सामाजिक सेवा, संस्कृति संरक्षण तथा मानवीय सहयोगका क्षेत्रमा निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । गत साता बिरामी पाठोलाई माइक्रोबसको छतमा बाँधेर पोखरा लैजान लागिएको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा आशिका तामाङ आफैं घटनास्थलमा पुगेर सहचालकलाई पाठोलाई तल झार्न र गाडीभित्र सुरक्षित ठाउँमा राख्न आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो — _‘मलाई जति गाह्रो हुन्छ, यसलाई कति गाह्रो हुन्छ।’_ चिसोमा छतमा राख्दा थप पीडा हुने भन्दै पैसाका […]

  काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित शुक्रबार (कार्तिक ७) तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान* गर्नुभएको हो। *भ्रमणको रुट:* काठमाडौं → धनगढी हवाई यात्रा → गड्डाचौकी नाका हुँदै भारत प्रवेश। *कहाँ-कहाँ जाँदैछन्?* उहाँको निजी सचिवालयका अनुसार दुई प्रसिद्ध शक्तिपीठमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ: १. *कैंची धाम, नैनीताल, […]

*काठमाडौं । नेपाल प्रहरीमाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको भन्ने विषयमा तथ्य, प्रमाण र तर्कसहित विश्लेषण प्रस्तुत गर्नु व्यावसायिक पत्रकारिताको महत्त्वपूर्ण जिम्मेवारी हो। यस्तो संवेदनशील अवस्थामा संस्थाको गरिमा, व्यावसायिक मनोबल र सार्वजनिक विश्वाससँग सम्बन्धित विषयमा गम्भीर बहस हुनु आवश्यक छ। तर प्रहरीको जन्मदिन, प्रहरीभित्रका ‘उत्कृष्ट जोडी’ लगायतका विषयमा तस्बिर र श्रव्यदृश्य सामग्री तयार पार्ने क्रममा सक्रिय […]