१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

कृष्णभीर माथिको डाँडामा रुख काट्ने र झाडी सफा गर्ने काम सुर नयाँ बाटो खोलेर सुचारू गर्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र १८, २०८३

मुग्लिङ । नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार आज ३३ जना रुख काट्न र झाडी फाँड्न परिचालन गरिएको छ । तीमध्ये चार जना सुपरभाइजर हुन् भने बाँकी मजदुर हुन्।

बुधबारबाटै झाडी फाँड्न थालिएको भए पनि आज रुखसमेत काट्न सुरु गरिएको हो । भित्तो पट्टिको डाँडाको भागलाई सफा गरेपछि कहाँबाट बाटो खोल्ने भन्ने एकीन गर्न सकिने मिश्रले बताए।

दिनभरमा सफा गरिसक्ने अनुमान गरिएको छ। डाँडो सफा गरेपछि विज्ञहरुले हेरेसँगै कहाँबाट ट्याक खोल्न उपयुक्त हुन्छ । त्यसका लागि आवश्यक निर्देशनअनुसार काम अघि बढ्ने उनले जानकारी दिए।

सडक विस्ताकारको काम गरिरहेको निर्माण कम्पनी शर्मा जेभीले सरसफाइ र रुख काट्ने काम गरेको हो । निर्माण कम्पनीले डाँडाको दुवैतर्फ एक्साभेटर तयारी अवस्थामा राखेको छ । मिश्रका अनुसार यो पहिलो डाँडो ८० मिटर हाराहारी चौडा छ। सडकबाट ३० मिटर अग्लाइमा पहिलो डाँडो छ । त्योभन्दा माथि अर्को डाँडो छ । झण्डै २०० मिटर लम्बाइको सडक भासिएर र चिरिएको छ । यहाँ १० मिटर फराकिलो सडक रहेको थियो ।

त्रिशूली नदीले फेदमा रहेको बलियो संरचनासमेत बगाएपछि सडक भासिएको हो। निर्माण कम्पनीका सञ्चालक सहदेव खड्काले नक्साङ्कन तयार भएसँगै काम गर्न तयारी अवस्थामा रहेको बताए।

भदौ १४ गते बिहान यो सडक भासिएसँगै राजधानीसँगको सडक सञ्जाल अवरुद्ध भएको छ। सरकारले यथासक्य छिटो सडक सञ्चालन गर्न आवश्यक निर्णय र निर्देशन दिई सकेको छ। भदौ महिनाभित्र वैकल्पिक मार्ग बनाउने गरी काम अघि बढाइएको हो। २०५६ तिर यो सडकमा पटकपटक पहिरो खसेर दुःख दिएको थियो। यससँगै सडकलाइन मर्मत सम्भारपछि विसं २०६० यता सडकले दुःख दिएको थिएन।

दुवैतर्फ कडा चट्टान छ भने भीरको बीच भागमा ६० देखि ७० मिटर भाग केही कमजोर रहेको इञ्जिनियर मिश्र बताँछन्। सोही ठाउँमा समस्या आएको हो । गतवर्ष सोही सडकको छेउ पट्टीको भाग भासिएपछि मर्मत भइरहेको थियो।

यसै क्रममा पूरै सडक भासिएको हो। यो सडक भासिएसँगै गोरखातर्फबाट वैकल्पिक मार्गको खोजी भइरहेको छ । गोरखा तर्फबाट धादिङका फरक–फरक ठाउँमा निस्कने थुप्रै मार्ग छन्। तीमध्ये उपयुक्तलाई मर्मत सम्भार गरी वैकल्पिक रुपमा प्रयोगमा ल्याउन लागिएको हो । भोटेकोशीको बाढीसँगै आएको लेदो र गेग्रयानले त्रिशूली नदीको कृष्णभीरसहित विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नरैनापुरस्थित इलाका प्रहरी कार्यालय भगवानपुरले नागरिकका गुनासो, सूचना तथा सुझाव सहज रूपमा प्रहरीसमक्ष पु¥याउन क्यूआर कोडको व्यवस्था गरेको छ। अब गुनासो, सूचना वा सुझाव दिन प्रहरी कार्यालयमै पुग्नुपर्ने बाध्यता नरहने गरी क्यूआर कोडमार्फत जानकारी पठाउन सकिने व्यवस्था गरिएको हो। नागरिकले कार्यालयले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी आफूले देखेको कुनै घटना, समस्या वा […]

मुग्लिङ । नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार आज ३३ जना रुख काट्न र झाडी फाँड्न परिचालन गरिएको छ । तीमध्ये चार जना सुपरभाइजर हुन् भने बाँकी मजदुर हुन्। बुधबारबाटै झाडी फाँड्न थालिएको भए पनि आज रुखसमेत काट्न सुरु गरिएको हो । भित्तो पट्टिको डाँडाको भागलाई सफा गरेपछि कहाँबाट बाटो खोल्ने भन्ने […]

दाङ। नेवार सेवा समिति घोराहीले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा ३० हजार ५ सय ५ रुपैयाँ सहयोग गरेको छ। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो। बाढीका कारण ज्यान गुमाएका परिवारप्रति श्रद्धाञ्जली तथा […]