१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

रोल्पाली ढाङढुढ (कुरेली) समाज सेवा रोल्पा–दाङद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ६७ हजार ९०५ रुपैयाँ सहयोग

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, भाद्र १९, २०८३

दाङ। रोल्पाली ढाङढुढ (कुरेली) समाज सेवा रोल्पा–दाङले रसुवालगायत बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा एक लाख ६७ हजार नौ सय पाँच रुपैयाँ सहयोग गरेको छ।
समाजका अध्यक्ष नारायणप्रसाद रोका मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा संकलित १ लाख ६७ हजार ९०५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो। राहत संकलन अभियान भने अझै जारी रहेको समाजले जनाएको छ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन तथा नयाँ युगबोध राष्ट्रिय दैनिकका पत्रकार गोविन्द खड्काको रोहबरमा उक्त रकम राहत कोषमा जम्मा गरिएको थियो। कार्यक्रममा समाजका पदाधिकारी, सदस्य, संरक्षक तथा सल्लाहकारहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
हालै नेपालका विभिन्न क्षेत्रमा आएको प्राकृतिक विपद्, बाढी तथा त्यसबाट उत्पन्न मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै समाजले प्रभावित नागरिकहरूको सहयोगका लागि आर्थिक संकलन अभियान सञ्चालन गरेको जनाएको छ। विशेषगरी रसुवालगायत बाढी प्रभावित क्षेत्रका नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले समाजले आर्थिक सहयोग जुटाएको हो।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका घोराई बनाउ अभियानका संयोजक सविन प्रियासनले प्राकृतिक विपद्को कठिन परिस्थितिमा एकता, सहयोग र मानवीय संवेदनाको आवश्यकता अझ बढी हुने बताएका थिए। विपद्का कारण घरबार, सम्पत्ति तथा जीवनयापनका आधार गुमाएका नागरिकको राहत र पुनःस्थापनाका लागि राज्यसँगै विभिन्न सामाजिक संघसंस्था, समुदाय तथा नागरिकको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।
समाजका अध्यक्ष नारायणप्रसाद रोका मगरले विपद्को यस कठिन घडीमा देशभरबाट सहयोग र सद्भावको भावना आवश्यक रहेको बताउँदै आर्थिक सहयोग संकलन अभियानमा साथ दिने सम्पूर्ण सहयोगदाता, समाजका पदाधिकारी, सदस्य तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरे। राहत संकलन कार्य अझै जारी रहेकाले सहयोग गर्न इच्छुक सबैलाई अभियानमा सहभागी हुन पनि उनले आग्रह गरे।
रोल्पाली ढाङढुढ (कुरेली) समाज सेवा रोल्पा–दाङले नेपालमा आइपरेका विभिन्न त्रासदी, आपत् तथा विपद्का समयमा सामाजिक उत्तरदायित्वका साथ सहयोग अभियानमा सक्रिय रहने प्रतिबद्धता समेत जनाएको छ।
समाजले रसुवालगायत बाढी प्रभावित क्षेत्रका सम्पूर्ण समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै पीडित परिवारको सुरक्षाका साथै साहस, धैर्य र शीघ्र राहत तथा पुनःस्थापनाको कामना गरेको छ। कठिन परिस्थितिमा सम्पूर्ण नेपाली एकजुट भएर पीडितको साथमा उभिनुपर्नेमा समाजले जोड दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ। रोल्पाली ढाङढुढ (कुरेली) समाज सेवा रोल्पा–दाङले रसुवालगायत बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा एक लाख ६७ हजार नौ सय पाँच रुपैयाँ सहयोग गरेको छ। समाजका अध्यक्ष नारायणप्रसाद रोका मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा संकलित १ लाख ६७ हजार ९०५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो। राहत संकलन […]

जिन्दगीमा हरेक मानिसको जीवनमा एउटा कथा हुन्छ। कसैको कथा सुखले लेखिन्छ, कसैको कथा अवसरले लेखिन्छ। तर मेरो कथा भने अभाव, आँसु, पीडा, संघर्ष, परिवारको त्याग, आफ्नाहरूको माया, पटक–पटकको असफलता र कहिल्यै नछोडिएको एउटा सपनाले लेखिएको कथा हो। म विक्रम जिसी। प्युठान जिल्ला, खैरा गाविस–३, धरमपानीमा वि.सं. २०४८ साल माघ १३ गते मेरो जन्म भयो। बुबा […]

बाँके । नरैनापुरस्थित इलाका प्रहरी कार्यालय भगवानपुरले नागरिकका गुनासो, सूचना तथा सुझाव सहज रूपमा प्रहरीसमक्ष पु¥याउन क्यूआर कोडको व्यवस्था गरेको छ। अब गुनासो, सूचना वा सुझाव दिन प्रहरी कार्यालयमै पुग्नुपर्ने बाध्यता नरहने गरी क्यूआर कोडमार्फत जानकारी पठाउन सकिने व्यवस्था गरिएको हो। नागरिकले कार्यालयले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी आफूले देखेको कुनै घटना, समस्या वा […]