०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

स्थानीय र प्रहरीबीच झडप ढुङ्गा हानाहान

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०७६

भक्तपुर फागुन २ चाँगुनारायण नगरपालिका-६, नगरकोट वडा कार्यालय नजिक रहेको खानेपानी कार्यालयमा शुक्रबार प्रहरी र स्थानीवासीबीच झडप भएको छ ।
चीनको वुहानबाट उद्धार गरेर ल्याउन लागिएका नेपालीलाई खानेपानी कार्यालयमा निर्माण भएको क्वारेण्टाइनमा राख्न लागिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
कार्यालय अगाडि सडक बन्द गराएर अवरोध गरी टायर बालेर विरोध गरेपछि झडप भएको वडा नं. ६ का वडाध्यक्ष सन्तबहादुर तामाङ्गले बताउनुभयो । सरकारी टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको र दुवैतर्फका सामान्य घाइते भएको उहाँले बताउनुभयो ।
नेपालीको उद्धार गरेर सरकार ल्याउन लागेको र उनीहरुलाई लिन जाने नेपाल वायुसेवा निगमको विमानका चालक, सहचालक र परिचारिकालाई १४ दिनसम्म नगरकोटको खानेपानीमा बनाएको क्वारेन्टाइन राख्न लागेको विरोधमा स्थानीयवासीले विरोध गर्दै शुक्रबार गरेको आन्दोलनमा प्रहरीसँग झडप भएको हो ।
प्रहरीले रोकेपछि आक्रोशित भएका स्थानीयले सडक बन्द गराएर विरोध गरेपछि प्रहरीले बल प्रयोग गर्दा झडप भएको र ढुङ्गा हानाहान भएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी नेतृत्वको टोली नगरकोट पुग्दा विरोध भइरहेको थियो ।
स्थानीयले एक सातादेखि विरोध गर्दै आएको र शुक्रबार पनि दिनभर नै विरोध गरेको नगरकोटका विष्णु तामाङ्गले बताउनु भयो । त्यसपछि आज साँझ ६ बजेसम्म भएको छलफलमा पनि समस्या समाधान नभएको बताएको छ ।
प्रहरी र प्रजिअ होमकला पाण्डेले छलफल गर्दा पनि स्थानीयले विरोध गरिरहेका थिए । स्थानीयवासीले सरकार र जनप्रतिनिधिको विरोधसमेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।

दाङ । घोराही विश्व शान्ति दिवस–२०२६ को अवसरमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङमा प्राकृतिक विपद्का कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ‘सबैका लागि, जहाँसुकै, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने यस वर्षको शान्तिको सन्देशसहित सोमबार २०८३ असोज ५ गते (२१ सेप्टेम्बर २०२६) कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल […]