२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दिनभर कबाड संकलन रातभर लुटपाट सिसि टिभीको फुटेजले समातिए चोरहरु

Logo
प्रकाशित शनिबार, फाल्गुण ०३, २०७६

काठमाडौं माघ २१ गते राति ३ बजे ललितपुरको श्रीबहालस्थित एक सुनचाँदी पसलमा एक करोड बढीको गरगहना चोरी भयो । पसल फोडेर चोरी गरेको घटना राति कसैले चाल पाएनन् ।
बिहान सञ्चालक जब पसलमा पुगे, उनले ताला फोडेर ‘सेफ’ लुटिएको देखे । ‘सेफ’ मै थियो, पसलको ९३ तोला सुन, २६५ तोला चाँदीलगायत एक करोड बढीको धातु । उनले प्रहरीलाई खबर गरे ।
लुटपाटको सूचनापछि महानगरीय प्रहरी प्रभाग पुल्चोक, अपराध शाखा ललितपुरको टोली घटनास्थल पुग्यो । लुटेराले सबै सामान लगिसकेका थिए । त्यतिबेलै प्रहरीको सहयोगी बन्यो, पसलभित्रै रहेको सीसीटीभी क्यामेरा ।
महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकबहादुर राई भन्छन्, ‘‘सीसीटीभीमा सबै दृश्य कैद थिएन । लुटेराहरू ‘प्रोफेसनल’ रहेछन् । सकेसम्म अनुहार नदेखिने गरी लुटेका थिए । तर झन्डै २० सेकेन्डको भिडियो नै कैद भएको रहेछ ।’’
प्रहरीसँग घटनाको अनुसन्धान गर्ने पहिलो माध्यम बन्यो, सीसीटीभी क्यामेरा । दृश्य त थियो तर व्यक्ति पहिचान गर्न गाह्रो थियो, प्रहरीलाई । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘‘सीसीटीभीसँगै हामीले २ बजे आसपासको समयमा त्यो क्षेत्रमा ‘एक्टिभ’ भएका मोबाइल नम्बरको अनुसन्धान सुरु गर्यौ । त्यसबाट केही शंकास्पद नम्बरबाट अनुसन्धान अगाडि बढ्यो ।’’ एक साताको बीचमा प्रहरीले सूचना संकलन गर्ने र अनुसन्धान कार्यलाई निरन्तरता दियो । त्यसक्रममा लुटेरा समूह गाडीमा आएको पत्ता लाग्यो ।
प्रहरीले बुधबार काठमाडौंको सतुंगल र थानकोटबाट लुटिएका गहनासहित तीन जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा सुरज पोद्दार, चन्दन पोद्दार र रवि पोद्दार छन् । पक्राउ परेकाहरू सबै भारतीय हुन् । उनीहरू आफन्त भएको खुलेको छ ।
एसएसपी राईका अनुसार लुटपाटमा ७ जनाको समूह थियो । चारजना फरार छन् । उनीहरूले गहना थानकोटमा आफू बस्दै आएको डेराको आसपासमा फोहोरमुनि लुकाएका थिए । सेफ भने सतुंगलस्थित खोलाको फोहोरमुनि गाडेका थिए । एसएसपी राईले भने, ‘‘सेफ, चोरी गर्न प्रयोग गरिएको गाडी र गहना सबै बरामद गरेका छौं । ठूलो मात्रामा भएकाले उनीहरूले बेच्न भएका पाएका रहेनछन् । लुटपाट भएको सबै गहना सुरक्षित पाइएको छ ।’’
ललितपुरबाट लुटेको करोडको सुनसहित ३ भारतीय पक्राउ
उनीहरू दिउँसोको समयमा कवाड संकलन गर्दै आएका थिए । कवाड संकलनको बहानामा रेकी गर्ने, वरपरको अवस्था बुझ्ने र राति चोर्नेे गरेको अनुसन्धानबाट खुलेको राई बताउँछन् । उनीहरू अन्य घटनामा पनि जोडिएको नजोडिएको अनुसन्धान गरिरहेको प्रहरी बताउँछ । पछिल्लो समय उपत्यकामा भारतीय चोर सक्रिय रहेको भन्दै प्रहरीले सतर्कता अपनाउन बेला–बेला आग्रह गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!