२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बालाजु डिएसपी राठौरको एक्सन ६ लाख नगदसहित १६ जना जुवाडे पक्राउ

Logo
प्रकाशित शनिबार, फाल्गुण ०३, २०७६

सागर थापा
काठमाडौँ फागुन २ बलाजु प्रहरीले ६ लाख २५ हजार नगदसहित १६ जुवाडेहरुलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी प्रमुख डिएसपी रञ्जितसिंह राठौर नेतृत्वको प्रहरी टोलीले तारकेश्वर नगरपालिका ९ शुभकामना चोकमा घर भाडा लिएर बस्ने दिनेश पन्तको कोठामा जुवा खेल्नेहरु १६ जनालाई शुक्रबार राति पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शङ्कर डङ्गोल, मोहन खड्का, देवरत्न श्रेष्ठ, रोशन ठकुरी, रामशरण खत्री, पदम अधिकारी, इन्द्रराज विडारी, दिनेशराज कुँवर, बुद्धीबहादुर गुरुङ, राजु गुरुङ र अनुप गुरुङ छन् । देवेन्द्र केसी, श्यामसुन्दर नगरकोटी, विमल मगर, दिनेश पन्त र शिवजी शिवाकोटीलाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले ठूलो रकम कारोवार गर्नेगरी जुवातास खेलेकाले प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउ परेकासँग नगद पनि नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!