०४ आश्विन २०८३, आइतबार
20-09-2026 , Sun
×

बालाजु डिएसपी राठौरको एक्सन ६ लाख नगदसहित १६ जना जुवाडे पक्राउ

Logo
प्रकाशित शनिबार, फाल्गुण ०३, २०७६

सागर थापा
काठमाडौँ फागुन २ बलाजु प्रहरीले ६ लाख २५ हजार नगदसहित १६ जुवाडेहरुलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी प्रमुख डिएसपी रञ्जितसिंह राठौर नेतृत्वको प्रहरी टोलीले तारकेश्वर नगरपालिका ९ शुभकामना चोकमा घर भाडा लिएर बस्ने दिनेश पन्तको कोठामा जुवा खेल्नेहरु १६ जनालाई शुक्रबार राति पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शङ्कर डङ्गोल, मोहन खड्का, देवरत्न श्रेष्ठ, रोशन ठकुरी, रामशरण खत्री, पदम अधिकारी, इन्द्रराज विडारी, दिनेशराज कुँवर, बुद्धीबहादुर गुरुङ, राजु गुरुङ र अनुप गुरुङ छन् । देवेन्द्र केसी, श्यामसुन्दर नगरकोटी, विमल मगर, दिनेश पन्त र शिवजी शिवाकोटीलाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले ठूलो रकम कारोवार गर्नेगरी जुवातास खेलेकाले प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउ परेकासँग नगद पनि नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ-मुग्लिन सडक खण्डको कृष्णभिरमा पहिरो पन्छाएर दुईतर्फी सडक सुचारु गरिए पनि मुग्लिन क्षेत्रमा सवारी जाम उस्तै रहेको छ। दसैंका लागि घर फर्किने यात्रुको चाप बढेसँगै लामो जाम लागेको हो। यात्रुहरू घण्टौंसम्म जाममा बस्न बाध्य छन्।

चितवन । भरतपुरको सुन्दर ६ लेन सडकमा मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरूले सहरको सौन्दर्य नै कुरुप बनाएका छन्। जथाभावी राखिएका ठूला-ठूला विज्ञापन बोर्डहरूले सडकको सुन्दरता बिगार्नुका साथै दुर्घटनाको जोखिम समेत बढाएको स्थानीयको गुनासो छ। मापदण्ड विपरीत विज्ञापन राख्न दिने र सहर कुरुप बनाउने गरी भएको विज्ञापनमा कसको कति चलखेल छ ? सम्बन्धित निकाय मौन बस्नुले […]

बाँके । रुपैडिहामा आयोजित मैत्रीपूर्ण भलिबल खेलमा सशस्त्र प्रहरी बल, नेपालको एपीएफ ३० नम्बर गणले उत्कृष्ट खेल प्रदर्शन गर्दै भारतको एसएसबी ४२ बाहिनीलाई पराजित गरेको छ। खेलको सुरुदेखि नै एपीएफ टोलीले उत्कृष्ट तालमेल, अनुशासन र आक्रामक खेल प्रदर्शन गरेको थियो। खेलाडीहरूको मेहनत र उत्कृष्ट प्रदर्शनका कारण एपीएफ ३० नम्बर गणले जित हासिल गर्न सफल भएको […]