१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
×

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन

Logo
Abc Sanchar प्रकाशित आइतबार, आश्विन १८, २०८३

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न
औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन
दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ।
फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य सेवामा फार्मासिस्टको भूमिकाबारे नागरिकस्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको सङ्घले जनाएको छ। कार्यक्रमको समापन अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो।
नेपाल फार्मेसी सङ्घ दाङ शाखाका अध्यक्ष श्यामकुमार गिरीको अध्यक्षता तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले स्वास्थ्य सेवामा औषधिको सुरक्षित, प्रभावकारी र तर्कसंगत प्रयोग सुनिश्चित गर्न फार्मासिस्टको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। औषधिको सही प्रयोग, मात्रा, सम्भावित असर तथा सावधानीका विषयमा नागरिकलाई उचित सूचना र परामर्श उपलब्ध गराउन फार्मासिस्टको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो।
उहाँले बिरामीको उपचारलाई थप प्रभावकारी बनाउन फार्मासिस्ट, चिकित्सक, नर्सलगायत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सबै पक्षबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो।
प्रियासनले फार्मेसी क्षेत्रलाई औषधि वितरणमा मात्र सीमित गरेर हेर्न नहुने बताउँदै यो नागरिकको स्वास्थ्य सुरक्षा र गुणस्तरीय स्वास्थ्य सेवासँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्नुभयो। उहाँले फार्मासिस्टहरूले आफ्नो पेशागत दक्षतासँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
“नागरिकले औषधि सही तरिकाले प्रयोग गर्न सके मात्र उपचार प्रभावकारी हुन्छ,” उहाँले भन्नुभयो, “त्यसैले औषधिको प्रयोगसम्बन्धी सही जानकारी र जनचेतना फैलाउन फार्मासिस्टको भूमिका अझ प्रभावकारी बनाउन आवश्यक छ।”
स्वास्थ्य क्षेत्रमा जनचेतना अभिवृद्धि गर्ने तथा नागरिकलाई औषधिको सुरक्षित प्रयोगबारे जानकारी दिने उद्देश्यले आयोजना गरिने यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उहाँको भनाइ थियो।
कार्यक्रमका अतिथि त्रिभुवन नगर जेसीजका अध्यक्ष मिनराज भाटले फार्मासिस्टको पेशागत मर्यादा, क्षमता विकास तथा स्वास्थ्य सेवामा उनीहरूको भूमिकालाई थप प्रभावकारी बनाउन निरन्तर र सिर्जनशील कार्यक्रम आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा सङ्घका सदस्य सङ्गीता खरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने महासचिव दिलकीरण परियारले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।
विश्व फार्मेसिस्ट दिवसको अवसरमा आयोजित साताव्यापी कार्यक्रमको पहिलो दिन रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। त्यसपछि सप्ताहभरि रक्तदानसँगै विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक कार्यक्रम सञ्चालन गरिएको सङ्घले जनाएको छ।
नेपाल फार्मेसी सङ्घ दाङ शाखाले पहिलोपटक यस प्रकारको साताव्यापी कार्यक्रम आयोजना गरेको हो। सप्ताहव्यापी कार्यक्रममार्फत फार्मासिस्टको पेशागत योगदानलाई समाजसम्म पुर्‍याउने, फार्मेसी क्षेत्रप्रति सकारात्मक धारणा विकास गर्ने तथा नागरिकलाई औषधिको सुरक्षित, प्रभावकारी र सही प्रयोगबारे सचेत गराउने लक्ष्य राखिएको सङ्घले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]

रसुवा बाढीले क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खोलिँदै धादिङ । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा डोजरको सहयोगमा अस्थायी ट्र्याक खोल्ने काम भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

घोराहीका १९ वटै वडामा हुने बृहत् स्वास्थ्य परीक्षण अभियान सिमलताराबाट सुरु नागरिक स्वस्थ भए मात्रै नगर बनाउन सकिन्छ : प्रमुख जिल्ला अधिकारी पाण्डे दाङ, घोराही । घोराही उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन गर्न लागिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् स्वास्थ्य परीक्षण अभियान घोराही–१ सिमलताराबाट सुरु भएको छ। घोराही बनाऔँ अभियानको आयोजना तथा सञ्जीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा […]