२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
×

भोटेकोशीको झल्को दिनेगरी बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगायो,

Logo
Abc Sanchar प्रकाशित आइतबार, आश्विन २५, २०८३

 

गोरखा । भोटेकोशीमा जस्तै गरी बूढीगण्डकी नदीमा लेदो र गेग्रान सहितको भीषण बाढी आएको छ। बाढीले गोरखाको चुमनुब्री गाउँपालिका-६ र ७ मा पर्ने पैयू र बगर गाउँका ३५ वटा घर र होटलहरू बगाएको छ।

चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार आइतबार बिहान करिब ४ बजे ठूलो आवाजसहित आएको बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी बजारमा पनि व्यापक क्षति पुर्‍याएको छ। नदी आसपासको १५० देखि २०० मिटर माथिसम्मको तटीय क्षेत्र प्रभावित भएको छ।

गोरखाका प्रमुख जिल्ला अधिकारीका अनुसार हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन, स्थानीय बिहानै ज्यान जोगाउन उच्च स्थानतर्फ भागेका थिए।

*आरुघाटसम्म उच्च सतर्कता*
चुम्चेत र छेकम्पार क्षेत्रमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि यस्तो फ्ल्यास फ्लड आएको प्रारम्भिक अनुमान छ। बाढी पूर्वानुमान महाशाखा र विपद् प्राधिकरणले SMS मार्फत त्रिशूली दोभानसम्मका बासिन्दालाई सुरक्षित स्थानमा जान सूचना जारी गरेको छ। सिर्दिबास, जगत्, खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत हुँदै आरुघाट बजारसम्म ठूलो क्षति पुर्‍याउन सक्ने जोखिम रहेको बताइएको छ।

नेपाली सेनाको हेलिकप्टर सहितको टोली र नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई तटीय क्षेत्रमा परिचालन गरिएको छ। आरुघाटको सोतीमा रहेको मोटरेबल पुल बगिसकेको र सोती बजार डुबानमा परेको अध्यक्षले बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । आक्रमणकारीहरूले एक दर्जनभन्दा बढी घरमा आगो लगाएका छन्। शुक्रबार रातिदेखि हिंसा सुरु भएको थियो। त्यसअघि एक कुकी महिलाको गोली हानी हत्या गरिएको घटना भएको थियो। शुक्रबार राति कामजोङ जिल्लाको चसाद गाउँमा हतियारधारी समूह र सुरक्षाकर्मीबीच गोली हानाहान भएको थियो। उक्त घटनामा ४२ वर्षीया कुकी महिला डोमखोनी टौथाङको मृत्यु भएको थियो। प्रहरीका एक स्थानीय […]

  गोरखा । भोटेकोशीमा जस्तै गरी बूढीगण्डकी नदीमा लेदो र गेग्रान सहितको भीषण बाढी आएको छ। बाढीले गोरखाको चुमनुब्री गाउँपालिका-६ र ७ मा पर्ने पैयू र बगर गाउँका ३५ वटा घर र होटलहरू बगाएको छ। चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार आइतबार बिहान करिब ४ बजे ठूलो आवाजसहित आएको बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी […]

  बुटवल । यात्रु गन्तव्यमा पुग्न सवारी खोजिरहेका छन्, तर बुटवलको राजमार्ग चौराहमा आफ्नो गाडीमा चढाउन यात्रु तानातान गर्ने प्रवृत्ति रोकिएको छैन। यो समस्या आजको होइन, पटक–पटक दोहोरिँदै आएको छ। पश्चिम नेपाल बस व्यवसायी प्रालि, आफ्ना कर्मचारीलाई यात्रुप्रति मर्यादित व्यवहार गर्न लगाउनुहोस्। ट्राफिक प्रहरी, चोकमै हुने यस्तो मनपरी टुलुटुलु हेरेर नबस्नुहोस्, नियम उल्लङ्घन गर्नेलाई कारबाही […]