३० आश्विन २०८३, शुक्रबार
16-10-2026 , Fri
×

७१औं प्रहरी दिवसमा सहभागी हुन गृहमन्त्री सुदन गुरुङ पुगे प्रहरी हेडक्वाटर,

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, आश्विन ३०, २०८३

 

काठमाडौं । ७१औं प्रहरी दिवस २०८३ को अवसरमा गृहमन्त्री प्रहरी प्रधान कार्यालय नक्साल पुग्नुभएको छ।

प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा गृहमन्त्रीको प्रमुख आतिथ्यता रहेको थियो।

यस वर्ष ‘विपद्मा सारथि, संकटमा छहारी : प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ ७१औं प्रहरी दिवस मनाइँदै छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अमर प्रहरीप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ। राष्ट्र र नागरिकको सेवामा जीवन उत्सर्ग गर्ने प्रहरीको बलिदानलाई स्मरण गर्दै उहाँले प्रहरी संगठनलाई अझ प्रविधिमैत्री र नागरिकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

दिवसको अवसरमा देशभर वृक्षारोपण, रक्तदान, सरसफाइ लगायतका कार्यक्रमहरू आयोजना गरिएको छ भने उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत समेत गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । ७१औं प्रहरी दिवस २०८३ को अवसरमा गृहमन्त्री प्रहरी प्रधान कार्यालय नक्साल पुग्नुभएको छ। प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा गृहमन्त्रीको प्रमुख आतिथ्यता रहेको थियो। यस वर्ष ‘विपद्मा सारथि, संकटमा छहारी : प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ ७१औं प्रहरी दिवस मनाइँदै छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै […]

काठमाडौं । ७१औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसी ‘पूर्ण शान्ति पुरस्कार’ बाट सम्मानित हुनुभएको छ। प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित अमर प्रहरी परिवारप्रति श्रद्धाञ्जली कार्यक्रमपछि उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो। गृहमन्त्री सुधन गुरुङले सो पुरस्कार वितरण गर्नुभएको हो। विभिन्न जटिल घटनाको अनुसन्धान, अपराध नियन्त्रण, भन्सार सुरक्षाका […]

सशस्त्र प्रहरी डिआईजी दिपक अधिकारीद्वारा तालिम सम्पन्न प्रशिक्षाथीलाई बधाई तथा शुभकामना   बाँके । सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक श्री दीपक अधिकारीज्यूको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रशिक्षार्थीहरूद्वारा मार्च पास, इज्जत अर्पण कवाज प्रदर्शन तथा तालिमसँग सम्बन्धित विभिन्न प्रस्तुतिहरू प्रदर्शन गरिएको […]