०६ कार्तिक २०८३, बिहिबार
22-10-2026 , Thu
×

असोज महिनाको उत्कृष्ट प्रहरीमा दाङका प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठ पुरस्कृत,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित सोमबार, कार्तिक ०३, २०८३

दाङ । लुम्बिनी प्रदेश अन्तर्गत जिल्ला प्रहरी कार्यालय, दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिपक श्रेष्ठ २०८३ असोज महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) छनोट गरी पुरस्कृत हुनुभएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले मासिक कार्यसम्पादन मूल्यांकनका आधारमा उत्कृष्ट प्रहरी छनोट गर्दै आएको छ। अपराध नियन्त्रण, शान्ति सुरक्षा सुदृढीकरण र नागरिकमैत्री सेवा प्रवाहमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै एसपी श्रेष्ठलाई असोज महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।

दाङमा शान्ति सुरक्षा कायम राख्न र जटिल घटनाको सफल अनुसन्धानमा उहाँको नेतृत्वदायी भूमिका रहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]